कुराकानी। टिकटकर तुलसा अधिकारी लाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। उनी माथी ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ।
थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएकी अधिकारीलाई ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको थियो।अदालतले प्रारम्भिक सुनुवाइपछि उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने आदेश दिएको हो।
प्रहरीका अनुसार अधिकारीविरुद्ध करिब ६ करोडभन्दा बढी ठगी तथा आर्थिक अनियमितताको आरोपमा मुद्दा दायर भएको छ। उनी लामो समयदेखि फरार रहेकी थिइन् र इन्टरपोलको सहयोगमा विदेशबाट पक्राउ गरिएको थियो।
उनीमाथि पीडितसँगको सम्बन्धलाई आधार बनाएर धम्की, ब्ल्याकमेल तथा विभिन्न माध्यमबाट रकम असुल गरेको आरोपसमेत लागेको अनुसन्धान विवरणमा उल्लेख छ।