गणेशको परिवार भेट्दा एशुदाले सम्झिइन् सबिना

गणेशको परिवार भेट्दा एशुदाले सम्झिइन् सबिना

गणेशकी श्रीमती र सानी छोरीको पीडा देखेपछि आफूलाई बालेन शाहकी पत्नी सबिना काफ्लेको प्रसंगसमेत सम्झना आएको एशुदाको भनाइ थियो।

  • कुराकानी

  • शुक्रबार, असार २६, २०८३

  • 1
    SHARES
गणेशको परिवार भेट्दा एशुदाले सम्झिइन् सबिना

कुराकानी। एक वर्षकी छोरीको आँखा र श्रीमतीको चित्कारले आफूलाई भावुक बनाएको एमाले सांसद एशुदा बरालले बताएकी छन्।

राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको परिवारलाई भेटेपछि एशुदाले गणेशको परिवारले भोगिरहेको पीडा सुनाइन्। उनले अस्पतालबाट सिधै संसद् भवन पुगेको उल्लेख गर्दै गणेशकी श्रीमतीको अवस्था देख्दा मन भारी भएको बताएकी हुन्।

गणेशकी श्रीमती र सानी छोरीको पीडा देखेपछि आफूलाई बालेन शाहकी पत्नी सबिना काफ्लेको प्रसंगसमेत सम्झना आएको एशुदाको भनाइ थियो। उनले राज्यको व्यवहार र नीतिले गरिब नागरिकलाई यस्तो अवस्थामा पुर्‍याउनु दुःखद भएको बताउँदै प्रश्न उठाइन्– गरिबले बाँच्न पाउने कि नपाउने?

मुगुका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology