धवलशमशेरले राप्रपा परित्याग गरेपछि दुर्गा प्रसाईंसँग मिलेर नयाँ राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाएका थिए।
कुराकानी
बुधबार, साउन २०, २०८३
0
SHARES
कुराकानी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन्।
नयाँ दलमा धवलशमशेर जबरा सभापति र दुर्गा प्रसाईं सर्वोच्च नेता रहने सहमति भएको छ। पार्टी दर्ताका लागि साउन २८ गते निर्वाचन आयोगमा निवेदन दिने तयारी गरिएको उनीहरू निकट स्रोतले जनाएको छ।
धवलशमशेरले राप्रपा परित्याग गरेपछि दुर्गा प्रसाईंसँग मिलेर नयाँ राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाएका थिए। त्यसक्रममा उनीहरूले संगठन विस्तार गर्दै विभिन्न विभाग गठन गरेका थिए भने नयाँ दलको नाम, झण्डा र संगठनात्मक संरचनाबारे छलफल चलाइरहेका थिए।
‘जय नेपाल पार्टी’ गठनसँगै राजसंस्था, हिन्दू राष्ट्र र राष्ट्रियताका मुद्दालाई केन्द्रमा राखेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उनीहरूको तयारी औपचारिक चरणमा पुगेको छ। आयोगमा दल दर्ता भएपछि पार्टीको घोषणापत्र, केन्द्रीय समिति र आगामी राजनीतिक कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ।