‘जवाफभन्दा पहिले सरकारको काम हुन्छ’ : गृहमन्त्री गुरुङ

‘जवाफभन्दा पहिले सरकारको काम हुन्छ’ : गृहमन्त्री गुरुङ

  • कुराकानी

  • बिहिबार, साउन २१, २०८३

  • 0
    SHARES
‘जवाफभन्दा पहिले सरकारको काम हुन्छ’ : गृहमन्त्री गुरुङ

कुराकानी। गृहमन्त्री सुधन गुरुङले सरकारले संसद्मा जवाफ दिनुभन्दा पहिले नै काम गर्ने भएकाले कतिपय अवस्थामा जवाफ ढिलो देखिए पनि कार्यान्वयन भने अघि बढिसकेको बताएका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सरकार संसद्बाट प्राप्त हुने मार्गदर्शनअनुसार निरन्तर काम गरिरहेको दाबी गरे।

सांसद कमला पन्त प्रस्तावक रहेको ध्यानाकर्षण प्रस्तावमा मदनकुमारी शाह गरिमा, सोमनाथ पोर्तेल, पूजा चौधरी र पदमबहादुर परियारले समर्थन जनाएका थिए। छलफलका क्रममा सांसदहरूले विपद् तयारी र सरकारको कामकारबाहीबारे प्रश्न उठाएका थिए।

जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले विषयमा जवाफ दिन ढिलाइ भएको स्वीकार गर्दै भने, “जवाफ ढिलो भएको होला, तर जवाफभन्दा अगाडि हाम्रो काम हुन्छ। काम धेरै अघि बढिसकेको छ। त्यसबारे विस्तृत अपडेट दिनेछु।”

उनले गृह मन्त्रालयको ध्यान विपद् व्यवस्थापनमा केन्द्रित रहेको उल्लेख गर्दै संसद्बाट प्राप्त सुझाव र मार्गदर्शनअनुसार सरकार सक्रिय रूपमा अघि बढिरहेको बताए।

यसअघि छलफलमा बोल्दै नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले मनसुन सकिन लाग्दा मात्रै सरकारले जवाफ दिन लागेको भन्दै व्यंग्य गरेकी थिइन्। उनले विपद् व्यवस्थापनजस्तो संवेदनशील विषयमा सरकारको जवाफ ढिलो आएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology