जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटमा भूकम्पको धक्का

भूकम्पपछि हालसम्म मानवीय तथा भौतिक क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

  • कुराकानी

  • मङ्लबार, साउन २६, २०८३

  • 1
    SHARES
जाजरकोटमा भूकम्पको धक्का

कुराकानी। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार बिहान जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का जाजरकोट आसपासका क्षेत्रमा महसुस गरिएको छ ।

भूकम्पपछि हालसम्म मानवीय तथा भौतिक क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । स्थानीयवासीले केही समयसम्म जमिन हल्लिएको महसुस गरेका थिए ।

जाजरकोट यसअघि पनि पटक–पटक भूकम्पको केन्द्रबिन्दु बन्दै आएको क्षेत्र हो । २०७९/२०८० मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा ठूलो जनधनको क्षति भएको थियो । उक्त भूकम्पमा जाजरकोट र पश्चिम रुकुममा गरी १५३ जनाको मृत्यु भएको थियो ।

नयाँ भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology