किलिमन्जारोको शिखरमा गायक राजु लामा

किलिमन्जारोको शिखरमा गायक राजु लामा

सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लामा पछिल्लो समय पर्वतारोहणमा पनि सक्रिय हुँदै आएका छन्।

  • कुराकानी

  • बिहिबार, साउन २८, २०८३

  • 9
    SHARES
किलिमन्जारोको शिखरमा गायक राजु लामा

कुराकानी। नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा गीतकार राजु लामाले अफ्रिका महादेशको सर्वोच्च शिखर माउन्ट किलिमन्जारोको सफल आरोहण गरेका छन्।

फोटो: अबिरल राई (आईएफएमजीए माउन्टेन गाइड तथा इन्स्ट्रक्टर )

लामाले ५ हजार ८९५ मिटर अग्लो किलिमन्जारोको अगस्ट ११ तारिख स्थानीय समयअनुसार बिहान करिब ९ बजे सफल आरोहण गरेका हुन्। उनको आरोहणमा आईएफएमजीए (IFMGA) माउन्टेन गाइड तथा इन्स्ट्रक्टर अबिरल राई पनि सहभागी थिए।

सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लामा पछिल्लो समय पर्वतारोहणमा पनि सक्रिय हुँदै आएका छन्। उनले यसअघि सन् २०२२ मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथा (८ हजार ८४८.८६ मिटर) को सफल आरोहण गरिसकेका छन्।

किलिमन्जारोको सफल आरोहणसँगै लामा विश्वका सात महादेशका सर्वोच्च शिखर आरोहण गर्ने ‘सेभेन समिट’ अभियानको लक्ष्यतर्फ थप नजिक पुगेका छन्। उनले हालसम्म सेभेन समिटअन्तर्गत चारवटा शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन्।

लामाले सगरमाथासँगै इन्डोनेसियाको कास्र्टेन्स पिरामिड, युरोपको माउन्ट एल्ब्रुस र अफ्रिकाको किलिमन्जारो आरोहण गरेका हुन्।

अब सेभेन समिट पूरा गर्न लामाले उत्तर अमेरिकाको डेनाली, दक्षिण अमेरिकाको अकोन्कागुवा र अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गर्न बाँकी छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology