कुराकानी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका छन्।
मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका हुन्। यसअघि नै विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारको जिम्मेवारी दिइसकिएको थियो।
नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रसम्बन्धी विषय हेर्ने चार जना पुगेका छन्।
मन्त्रालयका अनुसार सल्लाहकारहरूले सम्बन्धित क्षेत्रको नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको समन्वयमा मन्त्रीलाई आवश्यक सुझाव दिनेछन्।
मन्त्रालयले चारै जना सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने जनाएको छ।