रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बरमा

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बरमा

चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

  • कुराकानी

  • आइतवार, साउन ३१, २०८३

  • 0
    SHARES
रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बरमा

कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति परिवर्तन भएको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारी भए पनि आन्तरिक तयारीलगायतका कारण भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सारिएको हो।

लामिछानेको चीन भ्रमणका क्रममा तिब्बतस्थित मानसरोवर जाने कार्यक्रमसमेत तय भएको बताइएको छ। यसअघि उनको मानसरोवर भ्रमण हुने वा नहुनेबारे निश्चित भइसकेको थिएन।

चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ। यद्यपि, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने भेटवार्ता हुने कार्यक्रम नरहेको बताइएको छ।

यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरेका लामिछानेले चीनमा पनि त्यस्तै उच्चस्तरीय राजनीतिक भेटघाटको वातावरण बनाउन पहल गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

लामिछानेको चीन भ्रमणलाई रास्वपाको अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध विस्तारको प्रयासका रूपमा समेत हेरिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology