भारतीय सेनाध्यक्ष सेठ काठमाडौंमा

भारतीय सेनाध्यक्ष सेठ काठमाडौंमा

नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन्।

  • कुराकानी

  • आइतवार, साउन ३१, २०८३

  • 0
    SHARES
भारतीय सेनाध्यक्ष सेठ काठमाडौंमा

कुराकानी। भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ आइतबार काठमाडौं आइपुगेका छन्। भारत–नेपालबीचको रक्षा तथा सैन्य सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यसहित उनी नेपाल आएका हुन्।

जनरल सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो एयर इन्डियाको उडानमार्फत काठमाडौं अवतरण गरेका हुन्। उनलाई नेपाली सेनाका वरिष्ठ अधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए।

नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन्। सोमबार सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्ने र नेपाली सेनाको मुख्यालयमा गार्ड अफ अनर ग्रहण गर्ने कार्यक्रम छ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्। नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि चल्दै आएको छ।

मंगलबार जनरल सेठले शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजका विद्यार्थी अधिकृत तथा प्रशिक्षकसँग अन्तरक्रिया गर्नेछन्। बुधबार पोखरामा आयोजना हुने भूतपूर्व सैनिक र्‍यालीमा सहभागी भएर भारतीय सेनाका भूतपूर्व सैनिकसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी भारत फर्कनेछन्।

गत जुन ३० मा भारतीय सेनाको ३१औँ प्रमुखको जिम्मेवारी सम्हालेका जनरल सेठको नेपाल भ्रमणलाई दुई देशबीचको रक्षा सहकार्यलाई थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology