कुराकानी। नागपञ्चमी पर्वका अवसरमा आज भक्तपुरको नागपोखरीमा विशेष पूजाआजा गरिएको छ। नागपोखरीको बीच भागमा रहेको नागको मूर्तिमा भक्तजनले दूधले अभिषेक गर्दै पूजा गरेका हुन्।

नागपञ्चमीका दिन नागको पूजा गरेमा नाग तथा सर्पको भयबाट मुक्ति मिल्ने र घरपरिवारमा सुख–शान्ति रहने धार्मिक विश्वास छ। यही विश्वासअनुसार भक्तपुरका विभिन्न स्थानमा नागको पूजा गरिएको छ।

नागपञ्चमीको अर्को विशेष परम्परा घरको मूलढोकामा नागको तस्बिर टाँस्नु पनि हो। भक्तपुरका घरघरमा नागको तस्बिर टाँस्दै पूजा गर्ने र परिवारको सुख, शान्ति तथा सुरक्षाको कामना गर्ने गरिएको छ।



कृष्पा श्रेष्ठ