७८ दिनपछि संसदमा विपक्षीको विरोध हट्यो

७८ दिनपछि संसदमा विपक्षीको विरोध हट्यो

विपक्षी सांसदहरूले आफूहरूको माग सम्बोधन नभएसम्म विरोध जारी राख्ने अडान लिँदै आएका थिए।

  • कुराकानी

  • सोमवार, भदौ १, २०८३

  • 0
    SHARES
७८ दिनपछि संसदमा विपक्षीको विरोध हट्यो

कुराकानी। प्रतिनिधिसभामा विपक्षी दलहरूले गर्दै आएको लामो समयदेखिको विरोध ७८औँ दिनमा आएर हटेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी सांसदहरूले लामो समयदेखि संसद् बैठकमा उभिएर विरोध गर्दै आएका थिए। उनीहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका थिए।

यस क्रममा पटक–पटक संसद् बैठक अवरुद्ध हुँदै आएको थियो। विपक्षीको निरन्तर विरोधका कारण सदनको नियमित कामकारबाहीसमेत प्रभावित भएको थियो। विपक्षी सांसदहरूले आफूहरूको माग सम्बोधन नभएसम्म विरोध जारी राख्ने अडान लिँदै आएका थिए।

तर ७८औँ दिनमा पुगेपछि संसद्मा जारी विरोध हटेको हो। यससँगै लामो समयदेखि प्रभावित हुँदै आएको प्रतिनिधिसभाको नियमित कामकारबाही अघि बढ्ने बाटो खुलेको छ।

विपक्षीको विरोध हटेसँगै संसद् अब नियमित रूपमा सञ्चालन हुने र बाँकी विधेयक तथा समसामयिक विषयमाथि छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology