टाइगर श्रफको गाडीमा गोली प्रहार

टाइगर श्रफको गाडीमा गोली प्रहार

गोली प्रहारबाट श्रफलाई कुनै चोटपटक लागेको छैन।

  • कुराकानी

  • आइतवार, कार्तिक २, २०८३

  • 3
    SHARES
टाइगर श्रफको गाडीमा गोली प्रहार

कुराकानी। बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीलाई लक्षित गरी भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ। आइतबार साँझ भएको घटनामा अभिनेता श्रफ सकुशल रहे पनि उनका चालकसहित दुई जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार जुहूस्थित पुष्पा पार्कनजिक फुटबल खेलेर घर फर्किने क्रममा श्रफ सवार गाडीमाथि गोली प्रहार भएको हो। दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले गाडीलाई लक्षित गरी गोली चलाएको बताइएको छ।

गोली प्रहारबाट श्रफलाई कुनै चोटपटक लागेको छैन। घटनामा उनका गाडी चालक र एक रिक्सा चालक घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनापछि मुम्बई प्रहरी अनुसन्धानमा जुटेको छ। प्रहरीले घटनास्थल आसपासका निगरानी क्यामेराका दृश्य जाँच गरी गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ।

यस घटनाबारे थप अनुसन्धान जारी रहेकाले आक्रमणको कारण र संलग्न व्यक्तिहरूबारे प्रहरीले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology