कुराकानी। दसैँ आएसँगै गाउँदेखि सहरसम्म पिङ खेल्ने र मच्चिने रौनक छाएको छ। यस्तैमा, भक्तपुरको चाँगु क्षेत्रमा देखिएको एउटा दृश्यले दसैँको पर्वलाई अझ जीवन्त बनाएको छ। त्यहाँ पिङ खेल्नका लागि बालबालिकाको लामो लाइन लागेको छ।

पिङ खेल्न उत्साहित बालबालिका आफ्नो पालोको प्रतीक्षामा लाइनमा बसेका छन्। कोही पिङमा मच्चिरहेका छन् भने कोही पालो आउने आशमा कुरिरहेका छन्। उनीहरूको उत्साहले त्यहाँको माहोल रमाइलो बनेको छ।

दसैँमा लिङ्गे पिङ खेल्ने चलन लामो समयदेखि चल्दै आएको छ। दसैँमा कम्तीमा एकपटक भए पनि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वाससँग यो परम्परा जोडिएको छ।








कृष्पा श्रेष्ठ