एउटै अपराध, किन फरक प्रतिक्रिया?

एउटै अपराध, किन फरक प्रतिक्रिया?

पीडितको उमेर, पहिचान वा अभियुक्तको लोकप्रियताका आधारमा एउटै प्रकृतिका अपराधप्रतिको हाम्रो दृष्टिकोण वा प्रतिक्रिया फरक हुनु कतिसम्म उचित हो?

  • पुष्पा थपलिया

  • आइतवार, अशोज ११, २०८३

  • 4
    SHARES

कुराकानी। नेपालमा बालिका तथा महिलामाथि हुने यौन हिंसाका घटना निरन्तर सार्वजनिक भइरहेका छन्। तर, यस्ता गम्भीर अपराधमा देखिने सामाजिक प्रतिक्रिया र आक्रोश भने पीडितको उमेर, घटनाको प्रकृति र अभियुक्तको सामाजिक पहिचानका आधारमा फरक-फरक हुने गरेको छ।

प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८3 मा मात्रै २ हजार ३९५ जना बलात्कारको शिकार भएका छन्, जसमध्ये १८ वर्षमुनिका १ हजार ५१० जना बालिका छन्। दुतिया रसाइली, सम्झना कामी, निर्मला पन्तदेखि हालै बाराकी ३ वर्षीया गरिमा चौधरीसम्मका घटनाले सुरक्षाको भयावह चित्र प्रस्तुत गर्छन्।

३ वर्षीया बालिकाको घटनामा सडकदेखि सामाजिक सञ्जालसम्म तातिने समाज, सोही दिन घटेका वृद्ध महिलाका घटनामा प्रायः मौन रहन्छ। यस्तै, अभियुक्त चर्चित व्यक्ति वा सेलिब्रेटी हुँदा सामाजिक धारणा थप विभाजित हुने गरेको देखिन्छ।

यद्यपि, सामाजिक दृष्टिकोणबाट हेर्दा प्रश्न उही खडा हुन्छ। पीडितको उमेर, पहिचान वा अभियुक्तको लोकप्रियताका आधारमा एउटै प्रकृतिका अपराधप्रतिको हाम्रो दृष्टिकोण वा प्रतिक्रिया फरक हुनु कतिसम्म उचित हो?

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology