राउटे: जंगलमै जीवन

आत्मविश्वासका साथ स्टेज चढेका राउटेहरु‍…

आत्मविश्वासका साथ स्टेज चढेका राउटेहरु‍…

उनिहरु बाँदर मारेर खान्छन् । दिपक शाहीले हाँस्दै भने, मासु मिठो त बाँदरकै हुन्छ ।

  • कुराकानी

  • बिहिबार, माघ २४, २०८१

  • 88
    SHARES
आत्मविश्वासका साथ स्टेज चढेका राउटेहरु‍…

कुराकानी । मुखियाको छोरो दीपक शाही । उनि नेपाली भाषा खरर बोल्न सक्छन्, भिडभाडमा कुरा गर्न सक्छन् । नेपाली गीत गाउन सक्छन् । उनले धक फुलाएर गाए, पर्ख पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समाएर सँगै रमाउँला …

उनीसँगै जिकी र सुरमान पनि स्टेज उक्लिए । महिलालाई खासै ठाउँ नदिने राउटेको सायद यो नै पहिलो छलफल हो, जहाँ २ महिला र २ पुरुष आत्मसम्मानका साथ स्टेजमा चढे । उनिहरुले राउटे जंगलमै जिन्दगी नामको छलफल कार्यक्रममा थोरै बोले धेरै सहजकर्ता दीपक सापकोटाका कुरा सुने ।

महिलालाई किन अहिलेसम्म मुखिया नबनाएको ? दिपकले गरेको ठाडो प्रश्नमा दिपक शाहीले भने, पुर्खादेखि नै यो चलन छैन । आइमाइ शरम मान्छन्, त्यहि भएर । सुरमानलाई बोल्न नखोज्दा नखोज्दै सोधियो, स्कुल जान पढ्न मन छैन ? उनले सिधै भनिन्, पढ्न मन छैन । मुखियाले पठाउँदैन पनि ।

दिपक शाहीले पनि यहि कुरा थपे, हामीलाई मुखियाले स्कुल जान दिँदैन तरपनि क ख ग घ हामीले पढेका छौं । नाम लेख्न आउन थालेको छ ।

स्टेजमा उक्लिएका नविन शाही बोल्न सकेनन् । उनले आफू बिरामी भएको भन्दै माइक समाउनै मानेनन् । जिकीले उनकै मौलिक भाषामा सुमधुर गीत गाइन् ।

सुरमानले बोल्न मन नगरेपनि पहिलोपटक काठमाडौं देख्दाको अनुभव भने बाँडिन्, राम्रो लाग्यो ।

कुरा धेरै गर्नु र भात धेरै चपाउनु राम्रो हैन भन्ने चलन भएका राउटे समुदायले मुखले कम बोलेपनि भावभंगीले धेरै बोले । यति धेरै भिडमा माइक समातेर प्रश्नको सामना गर्न तयार उनिहरु सुर्खेतदेखि काठमाडौं यहि छलफलका लागि आएका हुन् ।

दिपक शाहीले आफू १० या १२ चोटी काठमाडौं आइसकेको बताउँदै पहिलेको भन्दा नेपाल सरकारले धेरै सुविधा बढाएको बताए ।

सहजकर्ता दीपक सापकोटाले सरकारले घर बनाइदिए बस्ने भन्ने प्रश्न गर्दा उनिहरुले सहजै अस्विकार गरे । उल्टै प्रश्न गरे, घरमा किन बस्ने, हामीलाई त चक्कर लाग्छ ।

बलो, बन्चरो र ओदान बोकेर विभिन्न जंगलहरुमा फिरन्ते जिवन बिताउँदै आएका राउटेहरु काठबाट बनेका सामानबाट अन्न साँटेर जिविकोपार्जन गर्न समुदाय हो । उनिहरु बाँदर मारेर खान्छन् । दिपक शाहीले हाँस्दै भने, मासु मिठो त बाँदरकै हुन्छ ।

तर अहिले यी सबै काम कम भएको छ । उनिहरु प्हिलेको जस्तो धेरै काठका सामान बनाउँदैनन् । सरकारले ल्याएको बन सम्बन्धी निती उनिहरुलाई पनि राम्रोसँग थाहा छ । भन्छन्, धेरै रुख काट्यो भने कानुन लाग्छ । ठिक्क काट्नुपर्छ ।

उनिहरु अहिले घरमा नबसेपनि चौरमा बस्छन् । बाक्लो या पातालो जंगल जस्तो भएपनि यसको नजिकै भएको चौरमा बस्न रमाइलो लाग्छन्, दिपक शाहीले माइमा फु फु गर्दै भने ।


सम्बन्धित समाचार
       © 2022 - 2025 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology