कुराकानी । के एआईले लेखकलाई प्रतिस्थापन गर्ला ?
बिहीबार किताब जात्रा महोत्सवमा सनवे कलेजका कुशल रेग्मीले सहभागी एवं साहित्यका सर्जकहरुलाई प्रश्न गरे । ‘एआई र साहित्य’ शीर्षकमा बोल्दै रेग्मीले एआई र मानव सिर्जनाशिलता विषयमा आफ्नो धारणा राखे ।
रेग्मीले एआइस“ग साहित्यका सर्जकहरु डराउनु नपर्ने बताउ“दै यसको सदुपयोग गरेर अवसरका रुपमा लिन सबैलाई आग्रह गरे । उनले भने, ‘एआई हामीले लिएको डाटाबाट नक्कल गर्ने मेसिन हो । एआइले प्रेमपत्र लेख्न सक्छ तर धोका खाएको अनूभूति लेख्न सक्दैन । एआईको दुनियामा पीडा भन्ने छैन । यसमा फर्मुला छ, यन्त्र छ । तर कोड, संरचना हुन्छ । एआईले मोडल मात्र बनाउ“छ । साहित्यमा आत्मा हुन्छ ।’
नयाँ नयाँ एआईको फम्र्याटहरुले हाम्रो सिर्जनालाई विश्वमा पु¥याएको भन्दै उनले एआई प्रयोग गरेपनि आफ्नो आत्मा नबिर्सन समेत आग्रह गरे ।
उनले थपे, ‘एआई लेखकको कलम हो । यसलाई अवसरका रुपमा लिएर अगाडि बढ्न सक्छौं । साहित्यदेखि उद्योगसम्म एआई छ । यसलाई सही सदुपयोग मात्र सक्नुपर्छ ।’