किताव जात्रा

अबकाे चुनाव साेसल मिडियाले निर्धारण गर्छ

अबकाे चुनाव साेसल मिडियाले निर्धारण गर्छ

  • कुराकानी

  • बिहिबार, मंसिर २६, २०८२

  • 38
    SHARES
अबकाे चुनाव साेसल मिडियाले निर्धारण गर्छ

कुराकानी । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रामा ‘कन्टेन्ट क्रिएसनको प्रभाव: संस्कृतिदेखि सार्वजनिक संवादसम्म’ शीर्षककाे छलफल भएकाे छ ।

वक्ताहरु सञ्चारकर्मीहरु सञ्जय सिलवाल, उत्सव रसाइली र सम्पदा लिम्बूले डिजिटल कन्टेन्ट क्रिएसन, यसको भविश्य, कस्तो कन्टेन्ट सिर्जना गर्नेदेखि कन्टेन्ट क्रिएसनमा निभाउनुपर्ने जिम्मेवारीबारे बहस गरे । सत्रका सहजकर्ताका रुपमा अनिल केशरी शाहले गरेका थिए ।

पत्रकारिताबाट कन्टेन्ट क्रियटर बनेका सबै बक्ताले इमान्दारीता नै अबकाे भविष्य भएकाे बताए ।

सञ्जय गुप्ता सिलवालले जेन जी मोभमेन्टमा, कन्टेन्ट क्रियटर पात्र चयनमा कहिँ कतै चुकेको महशुष गरेको बताए । उनले किताव कम पढेपनि मानिस धेरै पढेकाे बताउँदै अबकाे चुनाव सामाजिक सञ्जालले नै निर्धारण गर्ने पनि दावी गरे ।

उनले अबको डिजिट युगमा मिडिया एउटा सीमित बक्सभित्रबाट बाहिर निस्कनुपर्ने बताए ।

त्यस्तै्, सञ्चारकर्मी सम्पदा लिम्बूले समाज परिवर्तनमा मिडियाले सकारात्मक र नकारात्मक भूमिका खल्ने बताउँदै यसबाट मानिसको मानसिकतामा समेत सेट हुने सुनाइन् । उनले भनिन्, ‘मिडियाको जिम्मेवारी यति धेरै छ । हामीले कस्तो कन्टेन्ट दिन्छौं, समाज त्यही अनुसार अगाडि बढ्छ । समाज परिवर्तनमा मिडियाको भूमिका ठूलो हुन्छ ।’

उनका अनुसार अहिले धेरै नकारात्मक कन्टेन्टमा छिटै क्लिक र भ्युज आइरहेको समयमा दर्शकको माग अनुसार बनाउने कि समाजमा जिम्मेवारी वहन गरेर कन्टेन्ट बनाउने भन्ने अहिले द्विविधा छ ।

लैङ्गिक, ज्ञान, विज्ञान, इतिहास, शिक्षा, कुरीति विषयमा पनि रचनात्मक तवरले कन्टेन्ट बनाउन सकिने उनले बताइन् ।

डिजिटल प्लाटफर्म हामी सबैका लागि निकै राम्रो हो । तर मिडिया भन्ने बित्तिकै टेलिभिजन, पत्रिकाका काम गर्ने नै हो भन्ने भाष्य अझै पनि रहेको दुःख उनले व्यक्त गरिन् ।

मान्छेको जीवनमा दुःख, सुख, राम्रा, नराम्रा कुराहरु छन् । त्यसकारण रमाइलो गर्दै इमान्दारीका साथ आफूले कन्टेन्ट क्रिएसन गरेको सञ्चारकर्मी रसाइलीले सुनाए ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology