फिल्म समीक्षा

ड्राइभरको स्टेरीङमा देश देखाउने मितज्यू !

ड्राइभरको स्टेरीङमा देश देखाउने मितज्यू !

फिल्मले, गाडी चलाउदाका उतारचढाव र घरपरिवारको उत्तरदायित्वमा फसेको यहि आत्मरामलाई बाहिरी बुख्याचाहरुले कसरी हेरिरहेका छन् भन्ने कुरा देखाउन खोजेको छ ।

  • कुराकानी

  • बुधबार, जेष्ठ २०, २०८३

  • 1
    SHARES

कुराकानी । प्रतिक्षाको घडि सकियो । finally ‘मितज्यू’ रिलिज भइसकेको छ । अनि honestly, यो फिल्मले audience लाई ramrari feel गराइरहेको छ ।
कतै हाँसो छ , कतै emotion छ, र कतै यस्तो scene छ, जसले फिल्म सकिएपछि पनि दिमाग छोड्दैन ।
तर समीक्षकको point of view मा ‘मितज्यू’ कत्तिको worth it छ त ?
आजको भिडियोमा हामी गर्नेछौं full breakdown — story, acting, emotions र यसले दिने message का बारेमा ।
त्यसैले भिडियोलाई last सम्म हेर्नुहोला । किनकि बीचमै skip गर्नुभयो भने important कुरा miss हुन सक्छ ।
अनि KuraKani360 subscribe गर्नुभएको छैन भने, please. Like, comment र share गरेर support गर्न पनि नभुल्नुहोला ।
अब आउनुहोस्…
starting गरौं नेपाली फिल्म ‘मितज्यू’को review with Pushpa Thapaliya.

Okay… सुरुमा कुरा गरौं ‘मितज्यू’को story कस्तो छ त भन्नेबारे ।

Surface मा हेर्दा ‘मितज्यू’ सम्बन्धको कथा हो । Family, friendship अनि daily struggle लाई निकै real way मा देखाइएको छ ।
एक गाउँ जेलबाङ्ग, एकै रुटमा चल्ने ३ गाडी । एउटै रुटमा life घिसारिरहेका ३ ड्राइभर र ३ खलासी । sorry to say खलासी, किनभने अहिले यसको ठाउँमा सहचालक भन्ने शब्द प्रयोग गरिन्छ ।

र उनीहरूको life को Romance अनि यसभित्र लुकेका, pressure, responsibility र past trauma नै फिल्मको मुख्य story हो ।

हरेक पात्रको आफ्नै backstory छ, आफ्नै pain छ, र आफ्नै survive गर्ने तरिका छ । तर मुख्य Focus भने एक पात्रमा दिईएको छ । त्यो हो आत्मराम ।
उ जनयुद्ध लडेर फर्किएको ex-ladaku हो । System ले ‘अयोग्य’ tag लगाइदियो । घरमा आफूभन्दा निकै सानी श्रीमती अनि बूढो रोगी बुबा । त्यसमाथि loan काढेर गाडी किनेको छ ।

खलासी? आफ्नै भाइ । Family literally steering मै चढेको छ । त्यसैमा पनि twist के छ भने , रुटमा जहिल्यै झगडा पर्ने ड्राइभर जीवराम सुवेदीसँगै उसले बाध्यतामा “मित” लगाउनुपर्छ ।

Outside बाट हेर्दा यो बस रुटको ego clash जस्तो देखिन्छ तर भित्रचाहिँ survival, pressure, insecurity र समयले थिचेको मान्छेको story हो । आत्मरामको दुख बुझेर बुझिसाध्य छैन ।

फिल्मले, गाडी चलाउदाका ups and down र घरपरिवारको responsibility मा फसेको यहि आत्मरामलाई बाहिरी बुख्याचाहरुले कसरी हेरिरहेका छन् भन्ने कुरा creative way बाट देखाउन खोजेको छ ।

interesting कुरा के छ भने, ड्राइभर आत्मरामको जिन्दगीलाई नेपालको २०७४ सालतिरको राजनितीक उतारचढावसँग compare गरेर मिहिन ढंगले present गरिएको छ ।

अब २०७४ सालमा कस्तो थियो त पोलिटिक्स ? हल्का flashback तिर जाम है । देशभर election hype थियो । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए । Result? काँग्रेस side लागेको थियो ।

पछि दुबै पार्टी merge भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । तपाईलाई यादै होला, नेकपा नाम पहिले नै रजिष्टर्ड छ भनेर मुद्दा मामिलामा समेत फसेको थियो ।
खैर, त्यतिबेला media मा literally ‘एउटा गाडीका दुई ड्राइभर’ भनेर headline नै आउँथ्यो । हो यही political tension लाई गाउँघरको “मित लगाउने” संस्कृतिसँग mix गरेर फिल्मले कथा भनेको छ ।

ह्याँ भन्दा बढी story चाहिँ म revel गर्ने mood मा छैन । आफै हलमा गएर फिल्म हेर्नुहोला ।
अब कुरा गरौं acting को ।
टेरिया मगरकोको acting journey हेर्दा, उनि अव dance मा मात्र हैन, कलाकारको full package, हरेक sector मा perfect भएकी हुन् जस्तो लाग्छ । Hindi dance series ‘Campus Beats’ बाट सुरु भएको उनको अभिनय यात्रा ‘मितज्यू’सम्म आइपुग्दा झन् polished र mature देखिन्छ ।
Especially, उनले टिपेको मगर tone । त्यो accent, body language, बोल्ने rhythm… everything felt so natural । उज्जेली पात्रलाई 100 % न्याय दिएकी छन् ।
Honestly, उनले यति authentic style मा character carry गर्लिन् भनेर expect नै गरेको थिएन । Dance बाट चिनिएको मान्छे, उनको acting ले पनि, यदि राम्रो निर्देशक पाएमा तहल्का मच्चानेछिन् ।

मित-मित बनेका दयाहाङ्ग राई र सौगात मल्ल — दुवै यहि role का लागि जन्मिएका हुन् जस्ता लाग्छन् । दुबैको acting निकै raw र organic feel हुन्छ । Overacting छैन, filmy hero vibe छैन, सबै कुरा grounded ।

दयाहाङले सधैंझै silence बाट अभिनय गरेका छन् । कम बोलेर पनि आँखाले, pause ले, body language ले emotion hit गराउँछन् ।

अनि सौगात? उनले बोकेको character नै भारी छ । उनले अन्य फिल्ममा झैं यसमा पनि आफ्नो getup र looks मा मेहनत गरेका छन् । Character अनुसारको face, body language, dressing, सबै transform गरेका छन्।

आत्मरामको भाइ बनेका अरुण पुन मगर ले पनि दमदार impression छोडेका छन् । उनको acting मा rawness छ, innocence छ, अनि screen मा देखिने hunger पनि । सिन सानो होस् वा ठूलो, presence feel हुन्छ । अबको promising actors मध्ये एक उनि हुन् जस्तो लाग्यो । छिट्टै उनकै main lead भएको फिल्म हेर्न पाइयोस् — शुभकामना ।

शिशिर वाङ्देलको acting genuinely गज्जव छ । Screen मा आउँदा attention automatically उनैतिर जान्छ । तर honestly, फिल्मले उनलाई दिएको footage अझै धेरै हुनुपर्ने feel हुन्छ । कताकता दुई ठूला स्टारको presence बीच उनी अलि overshadow भएको जस्तो लाग्छ ।

अर्कोतर्फ सुवर्ण थापाको पनि acting interesting छ । Direction बाट acting तिर shift हुँदै गर्दा उनको performance decent लाग्छ । तर problem चाहिँ character arc मा feel हुन्छ । यातायात समितीका अध्यक्ष उनि किन मित लगाउन मरिहत्ते गर्छन् ? अनि मितज्यू ट्राभलस् नै किन ? अन्य पनि त अप्सन छन् नि ? यी र यस्ता graphs हरुले अलि अधुरो जस्तो लाग्छ ।

फिल्मका अन्य कलाकारहरु सबैको acting निकै natural लाग्छ । कसैले पनि character force गरेको feel हुँदैन । सबै आफ्नो world मै बाँचिरहेका मान्छे जस्ता लाग्छन् । तपाईलाई चाहिँ सबैभन्दा गज्जब acting कसको लाग्यो? Comment मा drop गरिहाल्नु होला है ।

फिल्ममा अलि debate invite गर्ने कुरा चाहिँ यसको message side हो । फिल्मले पुरानो system जलाएर नयाँ system establishes भएको narrative देखाउँछ । जहाँ अन्तिमतिर महिलाले system चलाएको देखाईएको छ ।

तर कताकता यसले ‘पुराना सबै structure गलत थिए, अब सबै भत्काउनुपर्छ’ भन्ने vibe पनि दिन्छ । जबकि reality के हो भने, हरेक system का positive र negative दुवै पाटा हुन्छन् । Balance बिना change आयो भने progress भन्दा पनि accident हुन सक्छ ।

Interesting part के छ भने, यो फिल्म झन्डै एक दशकअघि लेखिएको हो तर अहिलेको political-social condition हेर्दा कताकता ‘फिल्मले future predict गरेको थियो कि? जस्तो feeling पनि आउँछ ।

अनि अर्को भनेको यसले multiple layers मा कथा भन्न खोजेको छ । Surface मा हेर्दा बस रुट, मित, relation को story । तर भित्र politics, ideology, power struggle, system collapse… धेरै कुरा एकसाथ चलिरहेका छन् ।

अनि यहीँबाट अर्को ठूलो question आउँछ, नेपाली audience मा यस्ता metaphor-heavy कथा कत्तिको commercially work गर्लान्? किनकि फिल्मले suspense र symbolism creates गर्ने चक्करमा कतिपय metaphor यति abstract बनाइदिन्छ कि audience confused हुन सक्छ ।

जस्तै, बुख्याचा किन almost हरेक scene मा छ? उजेली किन माकुरा जस्तो present गरिएकी छिन्? Party flags use गर्दा कुनैलाई puncture र कुनैलाई

accident भएको देखाउनुको meaning के हो? अनि अझ important कुरा, यस्ता दृष्यहरुले त्यो ideology मान्ने audience लाई कसरी hit गर्ला?

फिल्मले धेरै कुरा भन्न खोजेको छ,तर सबै audience ले एउटै तरिकाले decode गर्न सक्दैनन् भन्ने feel चाहिँ आउँछ ।

Overall मा हेर्दा, फिल्मले जम्मा साढे दुई घण्टाभित्र नेपालको political cycle लाई एउटा सानो relationship को माध्यमबाट explore गर्न खोजेको छ । Surface मा यो मितको story हो, तर भित्र एकता, धोका, power-sharing, ego clash अनि system change को politics चलिरहेको छ । फिल्मले एउटा interesting कुरा remind गराउँछ, राजनीति संसदमा मात्रै हुँदैन । सानो friendship, family, relation, workplace सबै ठाउँमा power dynamics चलिरहेको हुन्छ ।

अर्को समीक्षामा फेरि भेटौंला ! video मन परे like गर्नुस् अनि subscribe गरेपछि वेल आइकन बजाउन नविर्सनुहोला। हाम्रा कामहरुको फिडव्याक त पक्कै दिनुहुन्छ नै । हैन त ?

 

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology