कुराकानी। २१ वर्षीया बेदिका केसीले स्वयंघोषित ‘माता’ र झाँक्रीमाथि प्रश्न उठाइरहेका बेला सन् २००० मा बनेको नेपाली फिल्म ‘मुकुण्डो (A Mask of Desire)’ पुनः चर्चामा आएको छ।
निर्देशक छिरिङ रितार शेर्पाको यो फिल्मले महिलालाई ‘देवी’ वा ‘बोक्सी’ बनाउने सामाजिक सोच, अन्धविश्वास र मानसिक स्वास्थ्यको विषयलाई उठाएको छ। नेपालबाट पहिलो पटक ओस्करको सर्वश्रेष्ठ विदेशी भाषाको फिल्म विधामा छनोट भएको मुकुण्डो अहिलेको ‘माता’ सम्बन्धी बहससँग जोडिएर पुनः सान्दर्भिक बनेको चर्चा भइरहेको छ।
पुष्पा थपलिया