कुराकानी। सुनसरीको घटनाको असर जनकपुरसम्म पुगेको छ। प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा बिहीबार दिउँसोदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ।
सुनसरी घटनाको विरोधमा जनकपुरको रामानन्द चोकमा प्रदर्शन भएको थियो। प्रदर्शनकारी सडकमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको र सुरक्षा समितिको बैठकपछि प्रशासनले कडा कदम चालेको हो।
प्रशासनले शान्ति–सुरक्षा कायम गर्न भीडभाड, प्रदर्शन तथा जमघटमा रोक लगाएको छ। पछिल्ला घटनाक्रमसँगै मधेसका केही क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
सुनसरीपछि जनकपुर… तनाव फैलिँदै जाँदा प्रशासनको विकल्प फेरि ‘कर्फ्यु’ बनेको छ।