प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बैठकमा समसामयिक विषयसँगै पछिल्लो समय देखिएको प्राकृतिक विपद्को अवस्थाबारे छलफल हुने जनाइएको छ।

  • कुराकानी

  • बिहिबार, भदौ २५, २०८३

  • 0
    SHARES
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

कुराकानी। प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा समसामयिक विषयसँगै पछिल्लो समय देखिएको प्राकृतिक विपद्को अवस्थाबारे छलफल हुने जनाइएको छ। विशेषगरी भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने काम जारी रहेकाले मन्त्रिपरिषद् बैठकले यससम्बन्धी थप कदम चाल्न सक्ने बताइएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology