संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने

संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

  • कुराकानी

  • बुधबार, भदौ २४, २०८३

  • 1
    SHARES
संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने

कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा संसद्मा आफ्नो धारणा राख्ने रास्वपाका एक सांसदले जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा अन्य विधेयक तथा प्रस्तावमाथि पनि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस हुने भएको छ ।

यसैगरी, एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावसमेत संसद्मा पेस हुने सम्भावित कार्यसूची रहेको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology