सौन्दर्यभन्दा माथि स्वस्थता : सान्वीको वेलनेस यात्रा

सौन्दर्यभन्दा माथि स्वस्थता : सान्वीको वेलनेस यात्रा

‘मिस नेपाल २०२५’ मा सहभागी भएर शीर्ष १२ मा स्थान बनाएकी सान्वीले त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो यात्रा अघि बढाएकी हुन्।

  • कुराकानी

  • मङ्लबार, अशोज २७, २०८३

  • 4
    SHARES
सौन्दर्यभन्दा माथि स्वस्थता : सान्वीको वेलनेस यात्रा

कुराकानी। सौन्दर्यलाई केवल बाहिरी रूप र आकर्षणमा सीमित नराखी स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैलीसँग जोड्ने अन्तर्राष्ट्रिय मञ्चमा सान्वी मण्डलले ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्।

थाइल्यान्डको बैंककमा सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी सान्वीको उपलब्धिले सौन्दर्य प्रतियोगितालाई हेर्ने परम्परागत दृष्टिकोणभन्दा पर वेलनेस अर्थात् समग्र स्वस्थताको महत्त्वलाई अगाडि ल्याएको छ।

‘ब्युटी विथ वेलनेस’ को अवधारणामा आधारित यस प्रतियोगिताले शारीरिक स्वास्थ्यसँगै मानसिक तथा भावनात्मक सन्तुलन र स्वस्थ जीवनशैलीलाई महत्त्व दिन्छ। बाहिरी सुन्दरता मात्र होइन, आफ्नो शरीर र मनको हेरचाह गर्ने बानी पनि व्यक्तित्वको महत्त्वपूर्ण पक्ष हो भन्ने सन्देश यसले दिन्छ।

सान्वीका लागि यो सफलता अन्तर्राष्ट्रिय मञ्चमा उपाधि जित्नुमा मात्र सीमित छैन। यसले युवापुस्तामाझ स्वास्थ्य, आत्मविश्वास र सकारात्मक जीवनशैलीबारे संवाद गर्ने अवसर पनि सिर्जना गर्छ।

यसअघि ‘मिस नेपाल २०२५’ मा सहभागी भएर शीर्ष १२ मा स्थान बनाएकी सान्वीले त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो यात्रा अघि बढाएकी हुन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology