कुराकानी। काठमाडौंको नक्सालस्थित नारायणचौरमा कुकुर तिहारको अवसरमा आयोजित विशेष कार्यक्रममा फरक–फरक क्षेत्रका व्यक्तित्वहरू एकै ठाउँमा जुटे।

प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सबिना काफ्लेको आयोजनामा भएको कार्यक्रममा मन्त्री, सेलिब्रेटी, इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, विदेशी कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कसैले कुकुरलाई माया गर्दै काखमा लिए, कसैले टीका र माला लगाइदिए। नेपाली परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा नेपाली संस्कृतिसँगै पशुकल्याण र जिम्मेवारीको विषय पनि जोडिएको थियो।

घरमा पालिएका कुकुरदेखि सडकमा बेसहारा जीवन बिताइरहेका जनावरसम्मप्रति संवेदनशील बन्नु नै साँचो मानवताको अर्को रूप हो।















कृष्पा श्रेष्ठ