ब्रड पिकमा ज्यान गुमाएका युक्त गुरुङको शव काठमाडौं ल्याइयो

ब्रड पिकमा ज्यान गुमाएका युक्त गुरुङको शव काठमाडौं ल्याइयो

युक्त गत साता ब्रड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परेका थिए।

  • कुराकानी

  • बिहिबार, साउन २१, २०८३

  • 6
    SHARES
ब्रड पिकमा ज्यान गुमाएका युक्त गुरुङको शव काठमाडौं ल्याइयो

कुराकानी। पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही युक्त गुरुङको शव काठमाडौं ल्याइएको छ।

शव बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं ल्याइएको हो। विमानस्थलमा परिवारका सदस्य, आफन्त, साथीभाइ तथा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। 

युक्त गत साता ब्रड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परेका थिए। उद्धार टोलीले कठिन खोजी तथा उद्धार अभियानपछि उनको शव बेसक्याम्पसम्म ल्याएको थियो। प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका कारण शव उद्धार अभियान निकै चुनौतीपूर्ण बनेको बताइएको छ। 

ब्रड पिकमा आएको हिमपहिरोमा विश्वप्रसिद्ध पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित विभिन्न देशका पर्वतारोहीले ज्यान गुमाएका थिए। घटनापछि पाकिस्तान र नेपालका उद्धार टोलीले संयुक्त रूपमा शव खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए। 

शवलाई पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि परिवारको जिम्मा लगाइने जनाइएको छ। युक्तको निधनले नेपाली पर्वतारोहण क्षेत्रमा अर्को अपूरणीय क्षति पुगेको भन्दै पर्वतारोहण समुदायले दुःख व्यक्त गरेको छ। 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology