वरिष्ठ बलरामको ट्रेलर सार्वजनिक कार्यक्रममा कस्ले के भने ?

वरिष्ठ बलरामको ट्रेलर सार्वजनिक कार्यक्रममा कस्ले के भने ?

सधै सहायक पात्रमा साथी बनेर साथ दिने कलाकार विजय बराल र दयाहाङ राईको हेर्नलायक टक्कर

  • कुराकानी

  • बिहिबार, अशोज २३, २०८२

  • 36
    SHARES
वरिष्ठ बलरामको ट्रेलर सार्वजनिक कार्यक्रममा कस्ले के भने ?

कुराकानी । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा यो पटक दयाहाङ राईलाई अहिलेसम्मकै फरक चरित्रमा देखाइएको छ । त्यस्तै, सधै सहायक पात्रका रुपमा साथी बनेर साथ दिने कलाकार विजय बराल र दयाको टक्कर ट्रेलरमा हेर्न लायक देखिन्छ ।

पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको ट्रेलरमा एकमना खोलाको गिटी बालुवामा वलिष्ट बनेका दया र बलराम बनेका विजयको लडाईँ देख्न सकिन्छ ।

ट्रेलर:

दया र विजय गुरु-चेला समेत हुन् । यसरी गुरुसँग हात हालाहाल गर्दा सुरुमा गार्हो भएपनि त्यो चरित्र हो भनेर आफूलाई तयार पारेको विजयले बताए । उनले भने, ‘अझै नयाँ नै छु बानी पर्न अझै समय लाग्नसक्छ।’

त्यस्तै, दयाले भने अभिनेता बन्नुको फाइदा नै बास्तविक जीवनमा बाँच्न नपाइएको चरित्र बाँच्न पाईने भन्दै यस्तै फिल्मका पात्र हेरेर जीवनमा गल्ति गर्नबाट जोगिन सकिने धारणा राखे । उनले विजय र आफ्नो सम्वन्ध वरिष्ठ बलराम जस्तो नभई यसअघि गरिएका सिनेमाका पात्रहरुजस्तो भएको समेत स्पष्ट पारे ।

त्यस्तै, फिल्मका निर्देशक सुरेन्द्र जी पौडेलले पहिले आफू एडिटर भएको फाइदा निर्देशनमा उठाएको बताए । उनले भने, ‘एडिटर भएर हेर्दा आफैले आफैलाई गाली समेत गरेको छु तर यसले निर्देशनमा फाइदा पनि पुगेको छ।’

कार्यक्रममा फिल्मकी नायिका समृद्धि अर्यालले दुईजना चलेका कलाकारसँग फिल्म खेल्न आफूले गरेको संघर्ष वर्णन गरिन् । उनका अनुसार फिल्ममा वरिष्ट दुई कलाकार नै भएकाले साइन गरेको भएपनि त्यहाँसम्म पुग्न धेरै स्टगल गर्नुपर्यो ।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्र सुरेन्द्र जी पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

फोटोहरु:


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology