राष्ट्रपति पौडेलले लगाए टीका, सैनिकसँग साटे दसैँको खुसी

राष्ट्रपति पौडेलले लगाए टीका, सैनिकसँग साटे दसैँको खुसी

उनले राष्ट्रपति कार्यालयमा नेपाली सेनाका सदस्यलाई समेत टीका र जमरा लगाइदिएका छन्।

  • कुराकानी

  • बुधबार, कार्तिक ५, २०८३

  • 4
    SHARES
राष्ट्रपति पौडेलले लगाए टीका, सैनिकसँग साटे दसैँको खुसी

कुराकानी। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैँअन्तर्गत विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा गुरु–पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन्।

विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले टीका ग्रहण गरेका हुन्। उनले राष्ट्रपति कार्यालयमा नेपाली सेनाका सदस्यलाई समेत टीका र जमरा लगाइदिएका छन्।

 

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीमा परिवार तथा आफन्तजनबीच टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्ने चलन छ।

 

 

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology