
कुराकानी । चर्चित अभिनेत्री मनिषा कोईरालाले पशु पन्छी प्रति निर्दयता रोकावट समाज नेपाल (एसपीसीए) मा पुगेर कुकुर तिहार मनाएकी छन् । उनले त्यहाँ सडकमा वेवारिसे भएका, अपाङ्ग र विभिन्न परिस्थितीबाट उद्धार गरिएका कुकुरहरसँग तिहार मनाएकी हुन् ।
उनले सानोतिनो स्पिच दिन लागेकी थिइन् तर कुकुरहरु एकसाथ भुक्न थाले । उनले ठट्टा गर्दै भनिन्, आज त हाम्रो दिन हो, तिमीहरु लाइमलाइटमा आउन खोज्ने भन्दैछन् ।
कुनै औपचारिक कार्यक्रम नभएपनि उनले एसपीसीएका करिव डेढ सय कुकुरहरुसँगै तिहार मनाएकी हुन् ।