कुराकानी। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आज काठमाडौंको जोरपाटीस्थित कृष्ण मन्दिर परिसर उल्लास र आस्थाले भरिपूर्ण देखिन्थ्यो। बिहानैदेखि मन्दिर पुगेका भक्तजनहरू कोही हातमा धूप, फूल र प्रसाद बोकेर पूजा आराधनामा तल्लीन थिए भने कोही यो पर्वको जीवन्त वातावरणलाई मोबाइल र क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे।

मन्दिर परिसरमा साना बालबालिकालाई कृष्ण र राधाको पहिरनमा सजाइएको दृश्य अति नै आकर्षक थियो। शिरमा मयूरको प्वाँख र हातमा बाँसुरी समातेका बालबालिकाको मुस्कानले सबैको ध्यान तानिरहेको थियो। कोही आफ्नै अनुहारमा कृष्णमय रंग पोतेर उत्सवको रौनकमा झुमिरहेका थिए भने कोही परिवार र साथीहरूसँग सम्झनाका रूपमा तस्वीर खिचाउँदै थिए।

















कृष्पा श्रेष्ठ