काठमाडौंमा ग्यास अभाव होइन, आपूर्तिमा समस्या भएको उद्योगमन्त्री यादवको दाबी

काठमाडौंमा ग्यास अभाव होइन, आपूर्तिमा समस्या भएको उद्योगमन्त्री यादवको दाबी

साना–ठूला सबै वर्गका नागरिक तथा व्यवसायीको चुलो बलिरहनु सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो।

  • कुराकानी

  • बिहिबार, भदौ १८, २०८३

  • 0
    SHARES
काठमाडौंमा ग्यास अभाव होइन, आपूर्तिमा समस्या भएको उद्योगमन्त्री यादवको दाबी

कुराकानी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मुलुकमा एलपी ग्यासको अभाव नभएको दाबी गरेकी छन्। प्राकृतिक विपद् र सडकको असहज अवस्थाका कारण काठमाडौं उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको उनको भनाइ छ।

मन्त्रालयमा बिहीबार एलपी ग्यास आपूर्तिको समस्या समाधानका विषयमा होटल व्यवसायी तथा सरोकारवालासँग भएको छलफलमा मन्त्री यादवले विपद्का कारण काठमाडौंमा सहज रूपमा ग्यास भित्र्याउन नसकिएको बताइन्।

‘अहिले ग्यास अभाव भएको होइन । प्राकृतिक विपद् र बाटोको असहज अवस्थाका कारण ग्यास आपूर्तिमा समस्या भएको हो,’ उनले भनिन्, ‘बाटोघाटोको सास्ती र विपद्का कारण काठमाडौं उपत्यकामा सहज रूपमा ग्यास भित्र्याउन नसकिएको हो।’

मन्त्री यादवले अहिलेको अवस्था प्राकृतिक विपद्का कारण सिर्जित परीक्षाको घडी भएको भन्दै समस्या समाधानका लागि सरकार, व्यवसायी र नागरिक सबै एकजुट हुनुपर्ने बताइन्। साना–ठूला सबै वर्गका नागरिक तथा व्यवसायीको चुलो बलिरहनु सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो।

ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था गरिएको जानकारी दिँदै यादवले प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरेर १०० वटा ट्रकमा खाली सिलिन्डर पठाई भरिएका सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको बताइन्।

उनका अनुसार सडक साँघुरो हुनुका साथै साना–ठूला घुम्ती भएका कारण ठूला ग्यास बुलेट काठमाडौंसम्म ल्याउन कठिन भएको छ। त्यसैले तत्कालका लागि सिलिन्डरमार्फत नै ग्यास ढुवानी गर्नुपरेको उनले बताइन्।

मन्त्री यादवले होटल व्यवसायीहरूलाई समेत ग्यास ढुवानीमा सहयोग गर्न आग्रह गरिन्। व्यवसायीलाई आवश्यक सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उनले बाटोको समस्या समाधान हुनासाथ ग्यास आपूर्ति पुनः सहज हुने बताइन्।

छलफलका क्रममा होटल व्यवसायीहरूले भने सरकारले ग्यास उपलब्ध नगराउने भन्ने हल्लाका कारण उपभोक्तामा थप अन्योल सिर्जना भएको बताएका थिए।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology