फिल्म समीक्षा

रस बिनाको नवरस सिकाउने आई एम जीतबहादुर !

रस बिनाको नवरस सिकाउने आई एम जीतबहादुर !

फिल्ममा सामान्यतया समस्याले समाधान खोज्नुपर्छ। पात्रले संघर्ष गर्नुपर्छ, ठक्कर खानुपर्छ र त्यसपछि मात्रै कुनै निकास भेटिनुपर्छ।

  • पुष्पा थपलिया

  • मङ्लबार, असार १६, २०८३

  • 5
    SHARES
रस बिनाको नवरस सिकाउने आई एम जीतबहादुर !

कुराकानी । Okay guys, प्रतिक्षाको घडि सकियो ! ‘आइ एम जीतबहादुर’ रिलिज भइसकेको छ र हामीले फिल्म पनि हेरिसक्यौं ।

फिल्म हेर्नुभएको छैन भने, ट्रेलर हेरेर पनि थाहा पाइसक्नुभयो होला, यो फिल्ममा कतै हाँसो छ, कतै इमोसन छ, अनि कतिपय दृश्यले फिल्म सकिएपछि पनि दिमाग छोड्दैनन्।

तर आइ एम जीतबहादुर समीक्षकको नजरमा कत्तिको सफल फिल्म हो त ?

आजको भिडियोमा हामी कुरा गर्नेछौं,

फिल्मको Story कस्तो छ?

Acting कत्तिको दमदार छ?

अनि फिल्मले दिन खोजेको message कत्तिको connect हुन्छ?

त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला।

अनि KuraKani 360 अहिलेसम्म subscribe गर्नुभएको छैन ?

Like, comment र share गरेर support गर्न पनि नभुल्नुहोला। हामीलाई तपाईले www.kurakaanee.com मा पनि पढ्न सक्नुहुन्छ । so हाम्रो वेवसाइट visit गर्न र हामीलाई feedback दिन नभुल्नुहोला ।

धेरै time waste नगरौँ !

Now, Let’s get into the review of ‘आइ एम जीतबहादुर’ with Pushpa Thapaliya.

‘आइ एम जीतबहादुर’को कथा एक यस्तो मान्छेको कथा हो, जससँग प्रतिभा त प्रशस्त छ, तर अवसर छैन।

घरमा उसलाई साथ दिने श्रीमती छिन्, तर बुबाको गनगन र व्यावहारिक चिन्ताले उसको सपना पछ्याउने बाटोमा बारम्बार अवरोध खडा गरिरहन्छ।

गाउँको सानो थियटरमा अभिनय गर्दै आएको जीतबहादुरलाई यत्ति गर्नु पनि कम संघर्षको काम थिएन। तर यसैमा पनि ट्वीष्ट आउँछ ।

तर एकदिन बाटोमा भेटेको एक अपरिचितले, उसलाई राम्रो कलाकार बन्ने लक्ष्यबाट फिल्मको हिरो बन्ने सपनातर्फ उक्साइदिन्छ । हुन पनि हो, सपना देख्नु जति सजिलो छ, त्यसलाई पूरा गर्नु त्यति नै कठिन।

काठमाडौं आएपछि उसको जीवनले नयाँ मोड लिन्छ, नयाँ मान्छेहरूसँग भेट हुन्छ र नयाँ चुनौतीहरू पनि थपिन्छन्।

अब यी सबै संघर्ष पार गर्दै जीतबहादुर आफ्नो सपनाको नजिक पुग्छ कि पुग्दैन होला ? यही प्रश्नको उत्तर दिँदै फिल्मको कथा अघि बढ्छ ।

फिल्मको सबैभन्दा ठूलो कमजोरी पनि यहीँनेर देखिन्छ।

फिल्मले आफूलाई संघर्षरत कलाकारको कथा भनेर प्रस्तुत गर्छ, तर विडम्बना के छ भने जीतबहादुरको यात्रामा संघर्षभन्दा बढी भाग्यले साथ दिएको देखिन्छ।

उदाहरणका लागि, काठमाडौं आएलगत्तै उसको सबै पैसा लुटिन्छ। सामान्यतया हेर्दा यो कथाको ठूलो संकट बन्नुपर्ने हो। तर फिल्ममा के हुन्छ भने, टुप्लुक्कै प्रहरी आइपुग्छ।

यतिमात्रै भए पनि हुन्थ्यो। ती प्रहरी पनि फिल्म र फिल्म निर्माणका दुःख–सुख राम्ररी बुझ्ने खालका निस्किन्छन्।

अझ चौकीमै अर्को संयोग पर्खिरहेको हुन्छ। फिल्म छायांकनका लागि प्रहरीको गाडी माग्न एक प्रोडक्सन म्यानेजर आइपुग्छन्। संयोग कस्तो भने, ती प्रोडक्सन म्यानेजर पनि असाध्यै सहयोगी, दयालु र सफा मनका।

अनि प्रहरीकै पहलमा जीतबहादुरलाई उनकै जिम्मा लगाइन्छ। ढुंगा खोज्दा देउता भेटिएझैँ, हरेक अप्ठ्यारो मोडमा उसको भाग्य टुप्लुक्क अगाडि आइदिन्छ। यही कारणले फिल्मले भन्न खोजेको संघर्ष दर्शकले महसुस नै गर्न पाउँदैनन्।

फिल्ममा सामान्यतया समस्याले समाधान खोज्नुपर्छ। पात्रले संघर्ष गर्नुपर्छ, ठक्कर खानुपर्छ र त्यसपछि मात्रै कुनै निकास भेटिनुपर्छ।

अझ राम्रो कथामा त पात्रलाई कठिन परिस्थितिमा धकेलिँदै लैजानुपर्छ। यस्तो अवस्थामा ऊ आफ्नो सबैभन्दा कमजोर क्षणमा पुग्छ, जहाँ उसँग या त हार मान्ने कि अन्तिम प्रयास गर्ने, यी दुई विकल्प मात्र बाँकी रहन्छन्।

अर्को शब्दमा भन्नुपर्दा, पात्रलाई do or die को अवस्थामा पुर्‍याएर त्यहाँबाट कसरी बाहिर निस्कन्छ भन्ने कुरा नै कथाको सबैभन्दा रोचक र सन्तोषजनक भाग बन्नुपर्छ।

तर ‘आइ एम जीतबहादुर’मा भने ठीक उल्टो महसुस हुन्छ। यहाँ समस्याले समाधान खोजिरहेको छैन, बरु समाधान आफै समस्या खोज्दै हिँडिरहेको छ।

जीतबहादुर जति अप्ठ्यारोमा पर्छ, त्यति नै सहज रूपमा कोही न कोही सहयोगी पात्र उसको अगाडि आइपुग्छ। त्यसैले उसले चुनौतीसँग लडेर जितेको भन्दा पनि भाग्यले साथ दिएर अघि बढेको जस्तो देखिन्छ।

यही कारणले फिल्मले देखाउन खोजेको संघर्ष दर्शकले त्यति गहिरोसँग महसुस गर्न सक्दैनन्।

फिल्मको सबैभन्दा कमजोर पक्ष यसको screenplay नै हो। कथामा घटनाहरू त भइरहेका छन्, तर ती घटनाहरूले दर्शकलाई पात्रसँग भावनात्मक रूपमा जोड्न सक्दैनन्।

यस्तो लाग्छ, हामी कुनै अपरिचित व्यक्तिको जीवनकथा सुनिरहेका छौं ।

कथा रोचक लाग्न सक्छ, केही क्षण दुःख वा खुसी पनि लाग्न सक्छ, तर पात्रले भोगिरहेको पीडा र संघर्ष हाम्रो आफ्नै जस्तो महसुस हुँदैन।

राम्रो screenplay ले दर्शक र पात्रबीच एउटा भावनात्मक सम्बन्ध बनाइदिन्छ। पात्र हाँस्दा हामी खुसी हुन्छौँ, पात्र रोएमा हामीलाई पनि दुख लाग्छ, र पात्र संकटमा पर्दा हामी उसको पक्षमा उभिन थाल्छौँ।

तर ‘आइ एम जीतबहादुर’मा जीतबहादुरसँग त्यस्तो गहिरो सम्बन्ध स्थापित हुनै सक्दैन। त्यसैले ऊ सफल होस् वा असफल, भावनात्मक रुपमा यसको प्रभाव कमजोर महसुस हुन्छ।

अर्को किरकिर लाग्ने पक्ष हो जितबहादुरको अभिनयको।

फिल्मभरि विभिन्न पात्रहरूले जीतबहादुरको अभिनयको प्रशंसा गरिरहेका छन्। कसैले उसलाई असाध्यै प्रतिभाशाली भन्छन्, कसैले ठूलो कलाकार बन्ने क्षमता भएको बताउँछन्।

तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, यदि फिल्मभित्रका पात्रहरूलाई मात्र उसको अभिनय ‘वाह’ लाग्छ, तर दर्शकलाई लाग्दैन भने त्यसको अर्थ के हुन्छ?

आखिर दर्शकले त पात्रहरूको कुरा सुन्ने होइन, अभिनय हेरेर विश्वास गर्ने हो।

फिल्ममा एउटा दृश्य छ, जहाँ जीतबहादुरले एउटा संवाद बोल्नुअघि निर्देशकसँग सोध्छ, यो कुन रसमा बोल्ने?

उसैले निर्देशकको अगाडी बसेर नव रसबारे समेत छोटो व्याख्या गर्छ। त्यो दृश्यको उद्देश्य दर्शकलाई जीतबहादुर अभिनयको सिद्धान्त बुझ्ने, कला बुझेको पात्र हो भन्ने देखाउनु हुन सक्छ।

तर त्यही दृश्यले दर्शकलाई भने अर्कै कुरा उजागर गरिदिन्छ, भाइ जितबहादुर, धेरै नखोक, तिम्रो पनि ज्ञान त सैदान्तिक मात्रै रहेछ ।

फिल्मले जीतबहादुरलाई असाधारण कलाकारका रूपमा स्थापित गर्न खोजेको छ, तर पर्दामा देखिएको प्रदर्शनले त्यो दाबीलाई पूर्ण रूपमा पुष्टि गर्न सक्दैन। जसले गर्दा, पात्रले मागेको गहिराइ र दर्शकले महसुस गरेको प्रभावबीच दूरी देखिन्छ।

जीतु नेपाल, राम्रो हाँस्य कलाकार हुन्, यसमा कुनै शंका छैन। तर ‘आइ एम जीतबहादुर’मा उनको अभिनयले जादु देखाउने ठाउँमा सामान्य खेल मात्रै देखाएको महशुष हुन्छ ।

फिल्मको पात्र जीतबहादुर र त्यो पात्रको भुमिका निर्वाह गरेका जितु नेपाल दुवैको अभिनय धेरै हदसम्म सैद्धान्तिक मात्रै लाग्छ।

यद्यपि, कलाकारहरूको प्रदर्शनमध्ये वर्षा राउतको अभिनय भने सबैभन्दा मौलिक र स्वाभाविक लाग्छ।

उनले निर्वाह गरेको पात्र बनावटीभन्दा बढी वास्तविक महसुस हुन्छ। संवाद प्रस्तुति होस् वा भावनात्मक दृश्य, वर्षाले आफ्नो भूमिकालाई विश्वसनीय बनाउने प्रयास गरेकी छिन्।

त्यस्तै, विजय बराल, देशभक्त खनाल, सन्दीप क्षेत्री, प्रियंका कार्की लगायतका कलाकारहरूको अभिनय भने अपेक्षाअनुसार नै छ।

कसैको अभिनयले फिल्मलाई तल झार्दैन, न त विशेष उचाइमा नै पुर्याउँछ ।

यदि फिल्म हेरिसक्नुभएको हो भने तपाईलाई चाहिँ सबैभन्दा गज्जब acting कसको लाग्यो? Comment मा drop गरिहाल्नु होला है ।
फिल्मको अर्को कमजोरी भनेको यसको समयसन्दर्भ पनि हो।

फिल्मले कुन समयको कथा भनिरहेको हो भन्ने कुरा स्पष्ट पार्न सक्दैन। कथा अहिलेको समयको हो, दशकअघिको हो वा कुनै विशेष कालखण्डको हो भन्नेबारे दर्शकलाई पर्याप्त संकेत दिइँदैन।

यसको प्रत्यक्ष असर पात्रहरूमा पनि देखिन्छ। किनभने पात्रहरूको सोच, व्यवहार र उनीहरूले भोगिरहेका चुनौतीहरू कुन सामाजिक र सांस्कृतिक परिवेशबाट आएका हुन् भन्ने कुरा प्रस्ट हुँदैन।

जसले गर्दा, पात्रहरूको character arc पूर्ण रूपमा स्थापित हुन सक्दैन। उनीहरू कहाँबाट सुरु भए, कसरी परिवर्तन भए र अन्त्यसम्म आइपुग्दा कति विकसित भए भन्ने यात्रा कमजोर बनिदिन्छ ।

समय र परिवेश स्पष्ट नहुँदा फिल्मले निर्माण गर्न खोजेको संसार पनि अधुरो लाग्छ, जसले दर्शकलाई कथाभित्र पूर्ण रूपमा डुब्न दिँदैन।
प्राविधिक रूपमा पनि फिल्मले खासै प्रभाव छोड्दैन।

खिचाइ, ब्याकग्राउन्ड म्युजिक र कलर ग्रेडिङ,कुनै पनि पक्षमा विशेष मेहनत गरेको अनुभूति हुँदैन। हेर्दा लाग्छ, फिल्मले यी पक्षहरूलाई सिर्जनात्मक अवसरभन्दा पनि औपचारिक जिम्मेवारीका रूपमा मात्रै लिएको छ।

त्यसैले दृश्य र ध्वनिले कथा भन्न सहयोग गर्नुको सट्टा, केवल कथा पछ्याइरहेका जस्ता लाग्छन्।

समग्रमा भन्नुपर्दा, ‘आइ एम जीतबहादुर’ले उठाएको विषय निकै चोटिलो हुँदाहुँदै जिब्रोमा लग्ने खालको भने बन्न सकेन ।

सपना, संघर्ष, कलाकारको पहिचान र अवसरको खोजी जस्ता विषय नेपाली समाजमा गहिरोसँग जोडिन सक्ने खालका थिए। तर दुर्भाग्यवश, फिल्मले ती विषयलाई नेपाली समाजको यथार्थसँग मजबुत रूपमा गाँस्न सकेन ।

निर्देशकले कथाभित्र रहेका उतारचढाव, द्वन्द्व र भावनात्मक गहिराइलाई पूर्ण रूपमा पर्दामा उतार्न सकेका छैनन्। त्यसैले कथाले मागेको तनाव, संघर्ष र भावनात्मक प्रभाव पनि अपेक्षाअनुसार महसुस हुँदैन।

त्यसैले, ‘आइ एम जीतबहादुर’ले निकै सिधा र सतही रूपमा कथा भनिदिँदा यो फिल्म यात्राभन्दा बढी गन्तव्यमा केन्द्रित भएको अनुभव भयो ।

अर्को समीक्षामा फेरि भेटौंला ! video मन परे like गर्नुस् अनि subscribe गरेपछि वेल आइकन बजाउन नविर्सनुहोला। अनि हाम्रो काम कस्तो लागिरहेको छ, आफ्नो feedback comment मा पक्कै छोड्नुहोला। है त ?

भिडियोमा:

 

 

 

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology