‘भिआइपी कनेक्सन’को चर्चामै बित्यो आठ वर्ष, निर्मला पन्तका हत्यारा अझै अज्ञात

‘भिआइपी कनेक्सन’को चर्चामै बित्यो आठ वर्ष, निर्मला पन्तका हत्यारा अझै अज्ञात

अनुधानका क्रममा प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेका दिलीपसिंह विष्टको डीएनए नमिलेपछि विवाद उत्पन्न भएको थियो।

  • पुष्पा थपलिया

  • सोमवार, साउन ११, २०८३

  • 1
    SHARES

कुराकानी। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष बितिसक्दा पनि दोषी अझै कानुनी दायरामा आउन सकेका छैनन्। अनुसन्धानमा भएका सुरुवाती त्रुटि, प्रमाण संरक्षणमा लापरवाही, राजनीतिक हस्तक्षेप र अपुष्ट सूचनाका कारण नेपालकै चर्चित यो आपराधिक घटना अझै अनिर्णीत छ।

२०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी निर्मलाको शव भोलिपल्ट नजिकैको उखुबारीमा भेटिएको थियो। प्रहरी अनुसन्धानले बलात्कारपछि हत्या भएको पुष्टि गरे पनि प्रारम्भिक चरणमै घटनास्थल सुरक्षित नराखिँदा महत्त्वपूर्ण प्रमाण नष्ट भएका थिए।

अनुधानका क्रममा प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेका दिलीपसिंह विष्टको डीएनए नमिलेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि चर्किएको आन्दोलन र झडपका कारण अनुसन्धानमा खटिएका वरिष्ठ प्रहरी अधिकारीहरू निलम्बनमा परेका थिए।

भ्रामक सूचना र ‘भीआईपी कनेक्सन’का दाबीहरू पुष्टि हुन नसक्दा तथा आन्दोलन राजनीतिक विवादतर्फ मोडिँदा न्याय प्रक्रिया थप जटिल बनेको हो। आठ वर्ष बितिसक्दा पनि वास्तविक दोषी पहिचान हुन नसक्दा पीडित परिवार अझै न्यायको प्रतीक्षामा छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology