पधेंरो

सोभित बस्नेतको फिल्मी आश्वासन, कथा लिएपछि पैसा खोइ?

सोभित बस्नेतको फिल्मी आश्वासन, कथा लिएपछि पैसा खोइ?

एक महिलाले फिल्मकर्मी सोभित बस्नेतमाथि पैसा नदिएको आरोप लगाएकी छन्।

  • कुराकानी

  • शुक्रबार, अशोज २, २०८३

  • 35
    SHARES
सोभित बस्नेतको फिल्मी आश्वासन, कथा लिएपछि पैसा खोइ?

कुराकानी । एक युट्युब च्यानलको अन्तर्वार्तामा मास्क लगाएकी महिलाले फिल्मकर्मी सोभित बस्नेतमाथि पैसा नदिएको आरोप लगाएकी छन्।

आफू सडकमा जन्मिएर सडकमै संघर्ष गरिरहेको बताउने ती महिलाको परिचय भने अन्तर्वार्तामा खुलाइएको छैन।

उनका अनुसार उनि आफ्नै बाबुद्वारा बेचिएकी थिइन्। सडकमा बस्ने क्रममा प्रहरबाटै बारम्बार दुर्व्यवहारमा परेको बताउने ति महिला अहिले पनि सडकमा बसिरहेको र ६ महिनाको गर्भवती समेत रहेको बताएकी छन्।

यही जीवनकथामा फिल्म बनाउने भन्दै रक्षा नेपालको माध्यमबाट सोभितसम्म पुगेको उनको भनाइ छ।

त्यसक्रममा अन्तर्वार्ता लिएबापत २५ देखि ३० हजार रुपैयाँ दिने आश्वासन दिएको, तर पटक–पटक माग्दा पनि अहिलेसम्म नदिएको उनको आरोप छ।

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology