दशैंअघि नै बर्दिया र कैलालीका उखु किसानलाई बक्यौता भुक्तानी गरिने

दशैंअघि नै बर्दिया र कैलालीका उखु किसानलाई बक्यौता भुक्तानी गरिने

उखु किसानले लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै सरकारसँग ताकेता गर्दै आएका छन्।

  • कुराकानी

  • बिहिबार, अशोज १५, २०८३

  • 0
    SHARES
दशैंअघि नै बर्दिया र कैलालीका उखु किसानलाई बक्यौता भुक्तानी गरिने

कुराकानी। बर्दिया र कैलालीका उखु किसानको लामो समयदेखि बाँकी रहेको बक्यौता रकम दशैंअघि नै भुक्तानी गरिने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानलाई भुक्तानी गर्न आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन्।

उनका अनुसार भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले अब एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी किसानको खातामा रकम पठाउने तयारी भइरहेको छ।

‘बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्रीस्तरबाटै निर्णय भइसकेको छ,’ सचिव मिश्रले भने।

उनले असारमै भुक्तानी गर्ने भनिए पनि केही प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भएको बताए। अब भने दशैंअघि नै किसानले रकम पाउने गरी काम भइरहेको उनको भनाइ छ।

उखु किसानले लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै सरकारसँग ताकेता गर्दै आएका छन्। उनीहरूले काठमाडौं केन्द्रित आन्दोलनसमेत गर्दै आएका थिए।

सरकारले पटक–पटक भुक्तानीको आश्वासन दिए पनि रकम नपाएको भन्दै किसानले गुनासो गर्दै आएका छन्। सचिव मिश्रले भने यसपटक किसानले बक्यौता रकम पाउनेमा ढुक्क रहन आग्रह गरेका छन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology