धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

गंगाजमुना गाउँपालिका–५ निवासी तामाङको प्रसूति अवस्था जटिल भएपछि ज्यान जोखिममा परेको थियो ।

  • कुराकानी

  • बुधबार, अशोज १४, २०८३

  • 0
    SHARES
धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

कुराकानी। जटिल प्रसूति समस्या देखिएपछि धादिङकी २४ वर्षीया ममता तामाङको हवाई उद्धार गरिएको छ ।

गंगाजमुना गाउँपालिका–५ निवासी तामाङको प्रसूति अवस्था जटिल भएपछि ज्यान जोखिममा परेको थियो । उनलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत काठमाडौं ल्याइएको हो ।

हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ । उनको अस्पतालमा आवश्यक उपचार भइरहेको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology