रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित

रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित

बलिङतर्फ रसेलले ४५ रन खर्चेर ४ विकेट लिए।

  • कुराकानी

  • मङ्लबार, कार्तिक १८, २०८३

  • 0
    SHARES
रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित

कुराकानी। आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।

जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए। उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे। विशाल सुशलिङले ३० बलमा ४३ तथा जेम्स निशमले १५ बलमा २७ रन जोडे।

अन्तिम ओभरमा जनकपुरलाई जितका लागि १३ रन आवश्यक थियो। बलिङमा आएका रसेलले कप्तान हरमित सिंहलाई दोस्रो बलमा शून्य रनमा आउट गरे भने अन्तिम बलमा सैफ हसनलाई आउट गर्दै विराटनगरको जित सुनिश्चित गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। विराटनगरका लोकेश बमले ४० बलमा ५०, इमरान शेखले ४५ बलमा ५६ तथा रसेलले अविजित ५२ रन बनाए। रसेलले २९ बलमा ५ छक्का र २ चौका प्रहार गरे।

बलिङतर्फ रसेलले ४५ रन खर्चेर ४ विकेट लिए। एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए।

आफ्नो अन्तिम खेल खेलिरहेका रसेल ब्याटिङ र बलिङ दुवैमा चम्किए। उनको प्रदर्शन विराटनगरको जितमा निर्णायक बन्यो।

Tags :

सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology