कुराकानी। यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत बिहान ११:०७ बजे तय भएको हो।
यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन्। कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका तथा मखमली र सयपत्री फूलको माला लगाइदिने परम्परा छ।
समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ।