पल शाहले दिए अर्को झट्का

पल शाहले दिए अर्को झट्का

  • कुरौटेपाटी

  • बिहिबार, जेष्ठ ४, २०८०

  • 189
    SHARES

कुरौटेपाटी । एकदिन रोधेश्याम बडो चिल मुद्रामा थिए । घरमै मदिरा सेवन गरेर बसिरहेका थिए । रातको समयमा मस्त झुलेका उनलाई पिसाव लाग्यो। बाहिर मेघ गर्जनसहित हावाहुरी चलिरहेको थियो । पिंढीमा श्रीमतीतर्फको सन्तान अर्थात झट्केलो छोरी सुतिरहेकी थिइन् ।

औंशिको रात थियो । राधेश्याम पिसाव गरेर फर्कँदा एक्कैसाथ बिजुली चम्कियो र हावा पनि चल्यो । बयस्क अवस्थामा पुग्दै गरेकी झट्केलो छोरीको फ्रक हावाले उडायो, बिजुली चम्केर सेतो तिघ्रामा राधेश्यामको नजर पुग्यो । राधेश्यामले झट्केलो छोरीको सेतो तिर्घा जता हेर्यो त्यतै देख्न थाल्यो । आफुलाई सम्हाल्न सकेन । उसले झट्केलो छोरीको बलात्कार गर्यो र अपराधी भयो ।

यो कुरा उसले प्रहरीलाई सुनायो । आफुले गल्ती गरेको कुरा स्वीकार गर्यो। उसको इन्टेन्सन अपराध गर्नु थिएन तर भयो । जसलाई उसले रियलाइजेसन गर्यो र अपराध स्वीकार गर्यो ।

000

नेपालको संविधानले १८ बर्षमुनिको बालबालिकालाई सहमतीमै शारिरीक सम्पर्क राखेपनि त्यो बलात्कार ठहरिने बताएको छ ।
म्युजिक भिडियो किंग, रियल हिरो लगायतको उपाधी पाएका पल शाह र नावालिग गायिका बीच शारिरीक सम्पर्क भएको बिभिन्न शारिरीक परिक्षणल देखाएको छ । प्रमाणले दुइबीच सम्बन्ध भएको बताउँछ ।

यी यथेष्ट प्रमाण हुँदाहुँदै पनि नावालिगले बयान फेरेपछि पल शाह जेलबाट बाहिर आए । १८ बर्षभन्दा मुनिका बालबालिकाहरुले सहि र निर्णायक डिसिजन लिन योग्य हुँदैनन् भन्ने मानकका हिसावमा नै नावालिगको सहमतीको शारिरक सम्बन्ध बलात्कार भएको हो । तर अदालतले तिनै सहि निर्णय लिन नसक्ने अवस्थाकी नावालिगको फेरिएको बयानको आधारमा पललाई सफाइ दियो ।
यसले नेपालको न्याय प्रणाली कतिसम्म कमजोर छ भन्ने सजिलै थाहा पाउन सकिन्छ।

यति हुँदाहुँदै पनि पलका फ्यान र शुभचिन्तकले पचाए । उनलाई माफ गरे । पिडित भनिएकी नावालग गायिका टेलिभिजनमा आएर माया गरेको मान्छेलाई दुखी देख्न नसकेको भन्दै आफु गलत नभएको स्पष्टिकरण दिइरहिन्, भलै त्यो जरुरी थिएन ।
पलले बाहिर नदेखाएपछि सेल्फ रियलाइजेसन गरेका होलान्, अरुलाई ढाँटे पनि आफ्नो मनलाई कहाँ ढाँट्न सकिन्छ र भन्ने बिचार बनाएर मुभ अन हुन खोजेकाहरुलाई पलले फेरि अर्को झट्का दिएका छन् ।

उनको अदालतले सफाइ दिएपछिको पहिलो म्युजिक भिडियो बाहिरिएको छ । जसमा पलले न्यायलयप्रति सम्मान भन्दै २८ हजार कैदिबन्दी कारागारमा रहेको तथ्यांक राखेका छन् । जसमा उनले कोहि दोषी नउम्किउन्, कोहि दोषी नफसुन् भन्ने कुरा उल्लेख गरेका छन् ।
यसको अर्थ, उनलाई अहिलेसम्म आफुले गरेको जघन्य अपराधको बोध भएको छैन । मनलाई ढाँट्दै आफु पानीमाथीको ओभानो बन्ने दाउमा छन् पल शाह ।

उनले भिडियोमा अपराधीको परिवारले भोगेको मानसिक यातना देखाएका छन् । तर उनलाई भिडियो बनाइरहँदा पिडितको परिवारको याद आएन होला ? आत्महत्या गर्नेसम्मको बाध्यात्यमक परिस्थिती एक नावालिगले भोगिन्, त्यो कुरा रियलाइज भएन होला ?

माथीको नैतिक कथा जस्तै पलले पनि आफ्नो गल्ती स्वीकार्नुपथ्र्यो । उसको इन्टेन्सन अपराध गर्नु थिएन रे, तर कानुनले यस्तो गरे अपराध हो भनिसकेपछि यो कुरालाई रियलाइज त गर्नुपर्यो नि। कानुन भन्नेकुरा मैले थाहा पाएको थिइन भनेर माफी हुँदैन । अझैपनि मलाई फसायो, निर्दोष थिएँ तर फसें टाइपको कुरा गर्नु गलत हो। उनले बनाएको म्युजिक भिडियोले अझैपनि उनि मलाई फसाइयो भन्दैछन् ।

तिमी सबैको आइडल हौ पल शाह । त्यसैले अपराधलाई निरुत्साइत गर्नेतिर लाग्न जरुरी छ । धेरैले थाहा नपाएको कानुन, नावालिग बलात्कार तिम्रो कारणले थाहा पाए । धेरै युवाहरु सचेत बनेका छन्, अभिभावक सचेत बनेका छन् । यो सचेतनामा तिमिले अझै थप चेतना फैलाउन सक्थ्यौ। उल्टो बाटो नदोगुर । जे नहुनु थियो त्यो भइसक्यो, यसलाई स्वीकार गर र अघि बढ। नत्र तिम्रो जिन्दगी झुटको ढाकछोप गरेरै बित्नेछ ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology