कलिङ फेस्टिभलमा पुस्तक परिचर्चा ‘किङ्डम लस्ट’

कलिङ फेस्टिभलमा पुस्तक परिचर्चा ‘किङ्डम लस्ट’

  • कुरौटेपाटी

  • शुक्रबार, भदौ १५, २०८०

  • 217
    SHARES
कलिङ फेस्टिभलमा पुस्तक परिचर्चा ‘किङ्डम लस्ट’
महोत्सवमा बोल्दै बक्ताहरु

कुरौटेपाटी । सागर एसजेबी जबरा राणाको चर्चित पुस्तक ‘किङ्डम लस्ट : ट्र्यास्ट विथ डेमोक्रेसी’माथि छलफल भएको छ। काठमाडौंमा शुक्रबारबाट सञ्चालन भएको त्रिदिवसीय कलिङ साहित्य महोत्सवमा उक्त पुस्तकमाथि छलफल गरिएको हो। वक्ताहरू प्राध्यापक बद्रिनारायण गौतम, कांग्रेस नेता डा मिनेन्द्र रिजाल र आइआइबिएस संस्थाको निर्देशक सूचिता प्याकुरेलले पुस्तकमाथि विमर्श गरे। कांग्रेस नेता तथा अध्यता शंकर तिवारीले लेखकलाई सोधे, ‘तपाईंलाई किताब लेख्नुपर्छ भने कहिले फिल भयो?’
लेखक सागर एसजेबीले भावी पुस्तालाई इतिहास पढाउन आवश्यक भएको कुरालाईं औंल्याए। उनी राणा परिवारका भए पनि नेपाली कांग्रेसमा सक्रिय थिए। ‘मेरो दाइ भरतशमशेर, जगदिश शमशेर र म तीनजनै नेपाली कांग्रेस पार्टीमा लागेको। कांग्रेसमा पनि भएको र राणा परवारबाट पनि आएकाले लेखाइ ब्यालेन्समा आउने रहेछ,’ उनले भने।
पहिले-पहिले इतिहास सबैले पढ्नुपर्थ्यो। तर अहिलेका पुस्तालाई इतिहास नपाढाएको उनको बुझाइ थियो। ‘अहिलेको पुस्तालाई इतिहास सिकाएनौँ र हामी को हौँ भन्ने पनि सिकाएनौँ भने कसरी नेपाली भनेर भावना राख्छन्,’ उनले इतिहास लेख्नुको अन्तर्य खुलाए। पुस्तक प्रकाशनपछि नयाँ पुस्ताहरूले आफूलाई धन्यवाद दिएको पनि उनले सुनाए।
इतिहासका अध्येता प्राध्यापक बद्रिनारायण गौतमले यो पुस्तक इतिहासको तथ्यसँग निकै नजिक रहेको बताए। ‘ओझेलमा परेका र हराउन लागेका विषयलाई किताबमा प्रकाश पारिएको छ।  ०७ सालदेखि ०६५सम्मको सिलेसिलेबारे प्रस्तुति छ। उनले भने, ‘यो जनताको इतिहासको आँखिझ्याल हो।
कांग्रेस नेता डा मिनेन्द्र रिजालले पनि यो पुस्तकले इतिहासका अँधेरा र लुकेका पाटाहरूलाई उजागर गरेको बताए। प्रजातन्त्रअघि र पछाडिका थुप्रै छुटेका पाटाहरू पुस्तकमा समावेश भएको उनले बताए।
आइआइबिएस संस्थाको निर्देशक तथा अध्येता सुचिता प्याकुरेलले कांग्रेसको जुन राजनीतिक अवस्था छ त्यसको जरा गाडिएदेखिको इतिहास पुस्तकबाट थाहा पाउन सकिने बताइन्।
यद्यपि पुस्तकलाई महिलाको मुद्दाबाट केलाउँदा आन्दोलमा महिलाहरूले गरेको योगदानको बारेमा उति चर्चा भएको आफूले नपाएको बताइन्।
कलिङ साहित्य महोत्सव आइतबारसम्म जारी रहनेछ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology