सल्यानमा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते

सल्यानमा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते

दुर्घटनामा त्रिवेणी–६ का ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी–५ की करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो।

  • कुराकानी

  • शनिबार, भदौ २७, २०८३

  • 1
    SHARES
सल्यानमा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते

कुराकानी। सल्यानमा बोलेरो जिप सडकबाट खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

शनिबार बिहान त्रिवेणी गाउँपालिका–५ सिम्कमा लु.प्र.०२-००१ ज ०००५ नम्बरको बोलेरो सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा त्रिवेणी–६ का ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी–५ की करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो। वलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते चालक भुपाल पुन, पारस बोहरा र लालमति बुढाथोकीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। चालक पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology