आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको ३१३ रन

आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको ३१३ रन

यूएईका इबरार अहमदले ४ विकेट लिए भने खुजाइमा बिन तनभिरले २ विकेट लिए। हैदर अली र अदीब उसमानीले समान १ विकेट लिए।

  • कुराकानी

  • शनिबार, भदौ २७, २०८३

  • 1
    SHARES
आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको ३१३ रन
KLANG, MALAYSIA - SEPTEMBER 12: Pictures from the final match between Nepal and UAE held at the Bayuemas Oval on September 12, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

कुराकानी। एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।

नेपालका लागि आसिफ शेखले शतक प्रहार गरे। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो आसिफको ओडीआई करियरको दोस्रो शतक हो।

त्यस्तै गुल्शन झाले आक्रामक अर्धशतक बनाए। उनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन जोडे। अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रन बनाए।

आसिफले अर्जुनसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए। त्यसपछि इशान पाण्डेसँग दोस्रो विकेटका लागि ३६ तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे।

यूएईका इबरार अहमदले ४ विकेट लिए भने खुजाइमा बिन तनभिरले २ विकेट लिए। हैदर अली र अदीब उसमानीले समान १ विकेट लिए।

फाइनल जिते नेपाल एसिया कपका लागि छनोट हुनेछ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology