कुराकानी। हरितालिका तीजको दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ६ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ थियो ।