
कुराकानी । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।
विभिन्न अस्पतालबाट प्राप्त जानकारी अनुसार, दिउँसो ४ बजेसम्म १४ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।
मृतकहरूको पहिचान खुल्न बाँकी छ ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।