
कुराकानी । यतिवेला जेनजी समुहका प्रतिनिधिहरु भर्चुअल बैठकमा ब्यस्त छन् । बैठकमा सहभागिको कुरा सुन्दा सुशिला कार्कीको नाममा धेरै मत प्राप्त भएको छ ।तर एकाथरी जेनजी भने सुशिला कार्की भन्दा सागर ढकाल र बालेन या कुलमान घिसिङ भन्दैछन् । एकै कुरामा अड्केर जेरी जस्तै फनफनी घुमिरहेका छन् ।
तर अर्काथरी स्वार्थ समुह भने यतिवेला आर्मी हेडक्वाटरमा पुगेर छलफलमा ब्यस्त छन् । रास्वापाका प्रतिनिधी सहित उनिहरु हेडक्वाटर पुगेका हुन् ।
जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेकी युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफू छलफलबाट बाहिरिएको बताएकी हुन् ।
उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिरिएको भनेकी छन् ।
उनले भनेकी छन्, जेनजी आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो ।
यो आन्दोलनलाई विभिन्न जेनजीकै समूहले लिड गरेको हो,’ उनले भनेकी छन्, ‘तसर्थ अहिले वार्तामा रहेका जेनजेड साथीहरूको धारणा वा अडानबारे म पूर्णरूपमा अनभिज्ञ छु ।