
कुराकानी । गएको १८ बर्षदेखि हरेक साल दशैंमा गीत सार्वजनिक गर्ने लोकगायक विष्णु खत्रीको यो बर्षको दशैं गीत पनि सार्वजनिक भएको छ ।
२०६४ सालदेखि हरेक बर्ष दशैंमा गीत निकाल्दै आएका खत्रीले यो बर्ष प्यारो गाउँघर बोलको गीत सार्वजनिक गरेका हुन् ।
प्यारो गाउँघरमामा बोलको यस गीतमा विष्णु खत्री सँगै देवी घर्तीमगरको आवाज रहेको छ ।
खत्रीकै शब्द र सङ्गीत रहेको यस गीतको म्युजिक भिडियोमा कलाकार ओभी रायमाझी र सारिका केसीको अभिनय छ । खत्रीका अधिकांश दसैँगीतमा प्रवासी नेपालीका दुःख, वेदनालाई समेटेका छन् ।
गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन उहाँ पारङ्गत हुनुहुन्छ । आफ्ना हरेक सृजनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास गर्दै आएको खत्रीको भनाइ छ ।
“दसैँगीत मेरो साङ्गीतिक जीवनको पर्यायजस्तै बनेको छ, विगत १८ वर्षदेखि यसलाई निरन्तरता दिएको छु”, उनले भने ।
दुई दशकभन्दा बढी समयदेखि लोकसङ्गीतमा सक्रिय खत्रीले दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आएका छन् ।
अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमा उठान गरिरहन्छन् । गत वर्षको दसैँमा खत्रीले ‘रित्तो भकारी’ गीत ल्याएका थिए ।
अठार वर्षदेखि लगातार दसैँलक्षित गीत सार्वजनिक गर्नुभएका खत्री दसैँगीतका पर्यायका रूपमा चिनिन थालेका छन् ।
बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका खत्रीका दसैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि सास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन् ।
हेर्नुस् गीत: