
कुराकानी । करिव तीन दशक नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक राजेश हमालसँगको कुराकानीमा आधारित पुस्तक युगदेखि युगसम्म यहि अशोज २५ गते विमोचन हुँदैछ ।
पत्रकार तथा लेखक यज्ञशले उक्त कुराकानीलाई पुस्तकको रुप दिएका हुन् ।
यसमा राजेश हमालको लामो फिल्मी करिअरमा अहिलेसम्म सार्वजनिक नभएका व्यक्तिगत पारिवारिक र सामाजिक विषय समेटिएको प्रकाशक फाइनप्रिन्टले जानकारी दिएको छ ।
हमालको जन्मदिनको अवसर पारेर पुस्तकको आवरण भने पहिले नै अनावरण भइसकेको थियो ।
दसैंको कोसेलीस्वरूप भदौमा पुस्तक विमोचन गर्ने तयारी गरिए पनि पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमका कारण मिति सारिएको हो ।