काठमाडौं । विवादास्पद र भड्काउने अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भूसाललाई सर्वोच्च अदालतले छाड्न अस्वीकार गरेको छ। उनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले विपक्षीको नाममा परमादेश जारी गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको थियो । सार्वजनिक शान्तिविरुद्धको मुद्दामा प्रहरीले उनको पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइरहेको छ।
भूसालले सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, काठमाडौंका तत्कालीन सीडीओ लगायतको विरुद्ध उग्र तथा हिंसात्मक अभिव्यक्ति दिँदै घर घेर्ने चेतावनी समेत दिएका थिए।