जेनजी प्रदर्शनमा लुटिएका हतियारसहित तीन जना पक्राउ

जेनजी प्रदर्शनमा लुटिएका हतियारसहित तीन जना पक्राउ

  • कुराकानी

  • मङ्लबार, मंसिर १०, २०८२

  • 2
    SHARES
जेनजी प्रदर्शनमा लुटिएका हतियारसहित तीन जना पक्राउ

झापा — महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट चोरी भएका दुई थान पेस्तोलसहित तीन जनालाई झापाबाट पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये दमक–६ का २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ का ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन्।

पक्राउको क्रममा प्रहरीले दुई थान पेस्तोल र २० राउण्ड गोली बरामद गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, सरोज पुरीलाई दमक–८ मा डेरा गरी बसेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। सोधपुछपछि पुरीले अर्को पेस्तोल विश्व लिङ्देनकहाँ राखिएको जानकारी दिएका थिए।

विश्व लिङ्देनले सो पेस्तोल पवन हाङसुङ्वालाई रु २० हजारमा बिक्री गरेको स्वीकार गरेका थिए। प्रहरीले हाङसुङ्वाको घरमा खोजतलास गर्दा पेस्तोल खाल्डोमा लुकाइएको अवस्थामा फेला पारेको थियो।

तीनैजनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology