काठमाडौं । नेपाली अभिनेता अनुपविक्रम शाहीले आफ्नो बलिउड डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन पूरा गरेका छन्। उनले सलमान खानसँगको फोटो सेयर गर्दै यो जानकारी सार्वजनिक गरेका हुन्।
सलमानलाई ‘गोट’ (सर्वकालीन महान) भन्दै अनुपविक्रमले भनेका छन् कि आफूले भेटेकामध्ये सलमान सबैभन्दा दयालु हृदयका व्यक्ति हुन्। सलमानसँग काम गर्न पाउनु आफ्नो जीवनको अविस्मरणीय अध्याय भएको उनले लेखेका छन्।
फिल्मको छायांकन लद्दाखदेखि मुम्बईको मेहबुब स्टुडियोसम्म गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा सलमान र अनुपविक्रमबीच १३ मिनेटको फाइट सीन छ। फिल्ममा अनुपविक्रम खलनायकको भूमिकामा देखिने उल्लेख गरिएको छ।