कुराकानी । किताव जात्राकाे दाेस्राे तथा अन्तिम दिनमा लाइट क्यामरा एक्सन नामकाे सत्रमा नेपाली फिल्मका विविध पक्षबारे छलफल भएकाे छ ।
कलाकारहरूले के पढ्छन् त भन्ने विषयमा सत्रमा छलफल भएकाे थियाे । जसमा सबैले समाज र मानिस पढ्ने कुरा गरे । कसले के भने त ?
निर्वाचनमा होमिँदैन, फिल्ममै सक्रिय रहन्छु : रेखा थापा
नायिका रेखा थापाले किताव र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन्।
उनले आफूले किताब पढ्ने गरेको बताएकी छन्। नेपालमा दु:खका कथा बेसी रहेको र आफूले पनि तिनै कथालाई देखाइरहेको उनको भनाइ छ। ‘हामीले समाज हाँसिरहेको कथा किताब र फिल्ममा कहिले देखाउन पाउँला?,’ उनले प्रश्न गरिन्।

सहजकर्ता नरेश भट्टराईले अब तपाईं निर्वाचनमा सहभागी हुने सम्भावना कत्तिको छ भनेर सोद्धा उनले यस पटक राजनीतिक द्रष्टा मात्र बन्ने बताएकी छन्। उनले आफू पछिल्लो समय फिल्ममै सक्रिय रहेको बताएकी छन्।
पढाइमा राम्राे भएपनि कलाप्रतिको मोहले पढाइको रुची घट्दै गएको रेखाको अनुभूति थियो। उनले आफ्नो रुचीको क्षेत्रमा दक्षता हासिल गर्दा सफल भइन्छ भन्ने लागेर कलाप्रति बढी सक्रिय भएको उनले बताइन्।
सफल व्यक्तिको परिचय पढाइसँग जोड्न नहुने उनले बताइन्। ‘के हामीले बुद्धको पढाइ सोछ्दछौं। उसका कर्मले समाज र जीवमा प्रभाव पार्छ। कला साधना भएकाले क्लासको पढाइले मात्र जीवनमा अर्थ राख्दैन’, उनले भनिन्।
म पुस्तक हातमा राख्दा भुसुक्क निदाउँछु : दिपकराज गिरी
हास्य कलाकार दिपकराज गिरीले पुस्तक प्रेम रहे पनि पढ्ने बाँनी कम रहेको बताएका छन्। उनले आफू मानिस पढ्न चाहने तर जति तनाव भए पनि पुस्तक हातमा राख्दा भुसुक्कै निदाउने गरेको बताएका छन्।
‘अहिले पनि किताव पढ्न खास रमाइलो लाग्दैन। सुन्न र हेर्न मन पराउँछु। त्यसैले पुस्तक पढ्न भन्दा जीवन पढ्न रमाइलो लाग्छ,’ उनले भने।

फरक प्रसंगमा उनले मृत्युको क्षणमा पनि कसरी मर्ने भनेर सिकिरहेका जीवन के हो भनेर नसोध्न उनले आग्रह गरे। उनले प्रत्येक व्यक्तिको जीवन भोगाइ फरक फरक हुने भएकाले जीवनको परिभाषा पनि भिन्न हुने बताएका छन्।
‘म कमजोर विद्यार्थी। म निकै भाग्थे। म महिनामा पाँच दिन मात्र स्कुल जान्थेँ। एक पटक स्कुलले सम्मान गर्दा मसँग भन्ने शब्द थिएन। मलाई एक जना मिसले निकै पिट्नु हुन्थ्यो। उहाँलाई सम्झदै मैले उहाँको पिटाइले राम्रो पढ्दा राम्रो नम्बर आउथ्यो। र, आज मेरो राम्रो लेखनी हुनुको कारण नेपाली राम्रो भएरै होला भनेर उहाँलाई सम्झेको थिएँ। त्यसैले जीवनमा पढाइको ठूलो महत्व छ’, उनले भने।
म पढ्थेन, फिल्म डाइलग सुनेर याद गर्थे : शिव श्रेष्ठ
नायक शिव श्रेष्ठले आफूलाई पढेको कुरा याद नहुने भएकाले फिल्मका डाइलग डाइरेक्टरबाट सुनेर याद गर्ने गरेको बताउँछन्।
जीवनको ७२औं वसन्तमा रहेका श्रेष्ठले पूराना अनुभूति सुनाउँदै उनले यस्तो बताएका हुन्।

‘मलाई सेन्जेभियर्समा बुबाले भर्ना गरिदिनु भयो। त्यहाँ म बस्नै सकिनँ। दोस्रो दिनमै भागेँ। फेरि अर्को दिन स्कुल पुर्याउनु भयो। म टिक्नै सकिनँ। थुप्रै विद्यालय फेरेँ। म क्लासमा पनि लास्ट बेन्चमा बस्थेँ,’ उनले भने।
उनले विद्यालयबाट भाग्ने गरेको र थुप्रै पटक जरिवाना तिर्नु परेको घटना स्मरण गरे। उनले कति पटक त जरिवाना जोगाउन हाजिरी पुस्तिका समेत च्यातेको बताए। ‘पढ्न बस्योकि सानोमा निद्रा लाग्यो। म फिल्मको डाइलग पढ्थेन सुनेको आधारमा भन्थेँ। मलाई पढेको याद हुँदैन, सुनेको याद हुन्छ,’ उनले भने।